२१ बैशाख २०८३, सोमबार | May 4, 2026

राष्ट्रिय सहमति जुटाएर एसपीपी सम्झौता रद्द गरौँ : नैनसिंह महर



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय सहमति जुटाएर अमेरिकाको स्टेट पाटर्नर प्रोग्राम (एसपीपी)को सम्झौता रद्द गर्नुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघ शंकरदेव क्यापसले आयोजना गरेको फुटसल प्रतियोगिताको काठमाडौंको वालुवाटारमा उद्घाटन गर्दै नेता महरले सर्वदलीय बैठकबाट राष्ट्रिय सहमति जुटाएर एसपीपी रद्द गर्न अमेरिकालाई पत्र पठाउनु पर्ने बताएका हुन् । उनले भने, ‘एसपीपी अगाडि नबढाउने भनेर प्रधानमन्त्रीले भनिसक्नु भएको छ । सेनाले पनि एसपीपीमा सहभागी नहने भनिसक्यो । सबै राजनीति दलले पनि एसपीपी स्वीकार्न नहुने धारणा राखेका छन् ।’

महरले एसपीपी रद्द गर्ने प्रक्रिया थाल्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह पनि गरे । वैदेशिक मामिलाको विषयलाई राजनीतिक मुद्दा बनाएर गिजोल्न नहुने उनको भनाइ छ । उनले भने, ‘यो विषय दलहरूले एकले अर्कालाई राष्ट्रघाती करार गर्ने कुरा होइन । नेपाली सेनालाई समेत विवादमा तान्ने काम भएको छ । राज्यका सबै संरचनाप्रति नागरिक अविश्वस पैदा गराउन हुँदैन । यसले व्यवस्थामाथि नै खतरा ल्याउन सक्नेमा हामी सजक हुन जरुरी छ ।’

एसपीपी इन्डो प्यासिफिक स्ट्राटेजीको अंग भएको थाहा भाएर पनि पूर्ववत् केपी ओली सरकारले खारेज नगरेर किन होल्ड गरेको भन्दै उनले प्रश्न पनि गरे । उनले भने, ‘अमेरिकाले एसपीपी सम्झौता सैन्य रणनीतिको अंग भनेपछि पनि ओली सरकारले सम्झौता किन होल्ड गर्यो रु त्यसका पछाडिको नियत के थियो रु राष्ट्रवादको भ्रम छर्ने एमाले नेतृत्वलाई यो प्रश्नले लखेटि रहनेछ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ५ : १४ बजे

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र

मन्त्रिपरिषद् बैठक आज : मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा

बुटवलमा स्वच्छ व्यवसाय र स्वस्थ बजारबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको आयोजनामा बुटवलमा स्वच्छ