१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

लुम्बिनी प्रदेशमा चुनाव जितेका नेवाः पालिका प्रमुख र उप प्रमुखहरुलाई नेवाः दय दबुको सम्मान



बुटवल । नेवाः दय दबुको लुम्बिनी प्रदेश कमिटीले स्थानीय तहमा लुम्बिनी प्रदेशबाट विजयी हुन सफल नेवाः पालीका प्रमुख र उपप्रमुखहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

प्रदेश कार्यालय बुटवलमा आज आयोजित कार्यक्रममा प्रदेशका बिभिन्न पालिका प्रमुख र उपप्रमुखलाई नेवाः दय दबुका पदाधिकारीहरुले सम्मान गरेका हुन् । बिजयी पदाधिकारीलाई दबुका अध्यक्ष बिजुला जोशी र केन्द्रीय पार्षद देवकुमार श्रेष्ठले दोसल्ला, माला, सगुन र प्रमाणपत्र सहित सम्मान प्रदान गरेका थिए ।

लुँिम्बनी प्रदेशमा ६ वटा पालिकामा प्रमुख र ४ वटा पालिकामा उप प्रमुख पदमा नेवाः समुदायको उम्मेदवारहरु विजयी भएका छन् । बर्दघाट नगरपालिकामा शम्भुलाल श्रेष्ठ, सन्धिखर्क नगरपालिकामा कृष्ण प्रसाद श्रेष्ठ, बुद्धभूमि नगरपालिकामा केशव श्रेष्ठ, तानसेन नगरपालिकामा सन्तोषलाल श्रेष्ठ मेयर पदमा विजयी भएका छन् भने गाँउपालिकामा तिनाउ गाँउपालिकामा प्रेम श्रेष्ठ र छत्रदेशव गाँउपालिकामा चन्द्रमान श्रेष्ण विजयी भएका छन् ।

त्यसैगरि उप प्रमुखमा राम्भा गाँउपालिमा राधा श्रेष्ठ, मल्लरानी गाँउपालिकामा रमेशकुमार श्रेष्ठ, ऐरावती गाँउपालिकामा कृष्ण श्रेष्ठ र मिग्दी गाँउपालिकामा तिथए कुमारी श्रेष्ठ विजयी भएका छन् ।

कार्यक्रममा बोल्दै छत्रदेव गाँउपालिकाका अध्यक्ष चन्द्रलाल श्रेष्ठले समुदायका लागि आउने कुनै पनि कामको कानुनसम्मत तरिकाबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

दबुका केन्द्रिय पार्षद देवकुमार श्रेष्ठले नेवार बाहुल्य रहेका पालिका वा वडाहरुमा नेवा भाषालाई बिद्यालयमा ऐच्छिक बिषय बनाएर पठनपाठन गराउने व्यवस्था मिलाउन जन प्रतिनिधिहरुको ध्यानाकर्षण गरे ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ५ : ५५ बजे

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

काठमाडौं। लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

झापा । भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका