२० बैशाख २०८१, बिहिबार | May 2, 2024

इनार सफा गर्ने क्रममा अक्सिजन नपुग्दा दुई मजदुरको मृत्यु



काठमाडौं । चितवनको माडीमा घरभित्रको इनार सफा गर्ने क्रममा अक्सिजन नपुग्दा दुई युवकको मृत्यु भएको छ । माडी नगरपालिका-७ देवेन्द्रपुरमा रिता रेग्मीको घरको भित्र प्यासेजमा रहेको इनार सफा गर्ने क्रममा अक्सिजन नपुगेर माडी ८ बस्ने ३० वर्षका शिव राई र २५ वर्षका सूर्य गुरुङको मृत्यु भएको हो ।

माडी-८ का गुरुङ इनार सफा गर्न इनारभित्र पसेकोमा केही समयपछि बोल्न नसकी हातले इशारा गरेपपछि सँगै काम गर्न गएका राई कम्मरमा डोरी बाँधेर उद्धार गर्न इनारभित्र पसेको थिए । राई डोरी चुडिएर खसेका थिए । अक्सिजन अभावका कारण दुवैको इनारभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटनाको विषयमा प्रहरी चौकी कल्याणपुरमा जानकारी आउनासाथ इलाका प्रहरी कार्यालय माडी र प्रहरी चौकी कल्याणपुरबाट खटिएको प्रहरी टोलीलाई समेत अक्सिजनको कमीले उद्धारमा असहज भएको थियो । मृतकको शव पोस्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १० : ५० बजे

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ

चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई

नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो