२० बैशाख २०८१, बिहिबार | May 3, 2024

अमेरिकाद्वारा बालबालिकाको प्रयोगको लागि २२ लाख कोरोना खोप नेपाललाई प्रदान



काठमाडौं । अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न २२ लाख मात्रा कोरोना खोप प्रदान गर्ने भएको छ । यी सबै खोप बालबालिकाको प्रयोगको लागि भएको काठमाडोंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

‘५ देखि ११ वर्ष सम्मका बालबालिका लक्षित यी अत्यन्त प्रभावकारी, जीवन रक्षक खोप अमेरिकी जनताको उदारतामार्फत प्रदान गरिएका हुन् र यी खोप हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल–मात्रा खोपको १५ लाख मात्रामा थपिने छन्,’ अमेरिकी दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

अनुदानले अमेरिका र नेपालबिचको ७५ वर्ष लामो कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वासले दूतावासले लिएको छ ।

‘कोभिड–१९ महामारीको सुरुवातदेखि नै यस विरुद्ध लड्न, अत्यावश्यक स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न र यस महामारीका सामाजिक तथा आर्थिक प्रभावहरू – विशेषतः शिक्षा र जीविकोपार्जनमा – न्यूनीकरण गर्न नेपाललाई मद्दत गर्न अमेरिकी सरकारले नेपाल सरकारसँग प्रत्यक्ष रूपमा काम गर्दै आएको छ,’ दूतावासले भनेको छ ।

बाल फाइजर खोप अभियानको तयारी स्वरूप अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीले उक्त खोप लगाउने विषयमा ५६ जिल्लाहरूमा अग्रपङ्क्तिका स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण प्रदान गर्नस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहयोग गरेको थियो ।

विश्वव्यापी रूपमा अमेरिकाले ११५ विकासोन्मुख देशहरूलाई १ अर्ब १० करोडभन्दा बढी कोभिड–१९ खोप अनुदान स्वरुप उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । अमेरिकाले ५० करोडभन्दा बढी मात्रा उपलब्ध गराइसकेको छ ।

चार अर्ब अमेरिकी डलरको योगदान गर्ने अमेरिका विश्वव्यापी खोप पहल कोभ्याक्सको सर्वाधिक ठुलो द्विपक्षीय दाता पनि हो ।

‘विश्वव्यापी कोभिड–१९ प्रतिकार्यको नेतृत्व गर्न अमेरिका प्रतिबद्ध छ किनकि यो सही कार्य हो र यसले अमेरिकी र नेपाली हामी सबैलाई एकैनासले सुरक्षित बनाउने छ । यस महामारीको अन्त्य गर्न नेपालसँग सहकार्य गरेकोमा हामीलाई गर्व छ,’ दूतावासले भनेको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १ : १३ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक