७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

उपाध्यक्षको देवर नाता पर्नेको निधनमा पालिकामा सार्वजनिक विदा



बुटवल । रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षको देवरको मृत्यु भएको भन्दै पालिकामा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका अध्यक्ष आफैले सूचना प्रकाशित गर्दै उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको निधन भएकाले सार्वजनिक बिदा दिएको जनाएका छन् ।

गाउँपालिका अध्यक्ष गयाप्रसाद बरहीले जारी गरेको सूचनामा उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको मिति २०७९ असार ५ गते दुर्घटनामा परि निधन भएको भन्दै गाउँपालिका कार्यालय, सामुदायिक विद्यालय तथा संघ संस्थाहरू बन्द रहने उल्लेख छ ।

निधन भएका व्यक्तिको नाम भने उल्लेख नगर प्रकाशन गरिएको सूचनामा पत्रसंख्या ०७९र८० राखिएपनि चलानी नम्बर राखिएको छैन ।

प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईले आफू घर बिदामा रहेकाले बिदाका बारेमा आफूलाई जानकारी नभएको बताएका छन् ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ३ : ४६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल