२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

उपाध्यक्षको देवर नाता पर्नेको निधनमा पालिकामा सार्वजनिक विदा



बुटवल । रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षको देवरको मृत्यु भएको भन्दै पालिकामा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका अध्यक्ष आफैले सूचना प्रकाशित गर्दै उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको निधन भएकाले सार्वजनिक बिदा दिएको जनाएका छन् ।

गाउँपालिका अध्यक्ष गयाप्रसाद बरहीले जारी गरेको सूचनामा उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको मिति २०७९ असार ५ गते दुर्घटनामा परि निधन भएको भन्दै गाउँपालिका कार्यालय, सामुदायिक विद्यालय तथा संघ संस्थाहरू बन्द रहने उल्लेख छ ।

निधन भएका व्यक्तिको नाम भने उल्लेख नगर प्रकाशन गरिएको सूचनामा पत्रसंख्या ०७९र८० राखिएपनि चलानी नम्बर राखिएको छैन ।

प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईले आफू घर बिदामा रहेकाले बिदाका बारेमा आफूलाई जानकारी नभएको बताएका छन् ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ३ : ४६ बजे

मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभामा सांसद कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारी

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र