२३ भदौ २०८३, मंगलबार | September 8, 2026

लुम्बिनी प्रदेशमा आजबाट प्रहरीको ‘चालक तथा यात्रुसँग १ मिनेट’ कार्यक्रम संचालनमा



बुटवल । लुम्बिनी प्रदेश प्रहरी तथा लुम्बिनी प्रदेश ट्राफिक प्रहरीले आजबाट ‘चालक तथा याुत्रसँग १ मिनेट’ कार्यक्रम चलाएको छ । दुर्घटना न्युनिकरण तथा सवारी नियमको सचेतना फैलाउने उद्देश्यले यस्तो कार्यक्रम संचालन गरेको ती प्रहरी कार्यालयहरुले जनाएको छ ।

‘चालक र प्रहरीसँग १ मिनेट’ कार्यक्रमको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक नल प्रसाद उपाध्यायले उदघाटन गरे । बुटवलको राजमार्ग चौराहामा रात्री बसका चालक तथा यात्रुहरुसँग भेटघाट गर्दै कार्यक्रमको थालनी भएको छ । लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा अभियानकारुपमा कार्यक्रमको थालनी गरिएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।

चालक तथा यात्रुसँग १ मिनेट कार्यक्रमको उदघाटन कार्यक्रममा बोल्दै डीआईजी उपाध्यायले दुर्घटना बाजा बजाएर नआएने भएकाले सचेतना नै दुर्घटना न्युनिकरणको उपाय भएको बताए । उनले प्रदेशमा हुने गरेका दुर्घटनालाई मध्यनजर गरेर प्रहरीले नयाँ कामको थालनी गरेको पनि बताए । चालक र यात्रुहरुलाई सहज वातावरण बनाउने कार्यक्रमको उद्देश्य रहेको बताउँदै उनले यस अभियानले दुर्घटनामा न्युनिकरण हुने विश्वास व्यक्त गरे । डीआईजी उपाध्यायले आजैबाट प्रदेशको ४ स्थानमा रिफ्रेस सेण्टर संचालनमा आएको पनि जानकारी दिए ।

लामो दुरीको सवारी चालकलाई केहि समय आराम, रिफ्युल भर्ने र सवारी साधनको मरमत सम्भार समेत गर्न मिल्ने गरि बर्दघाट, सैनामैना, लमही र कोहलपुरमा आजैबाट रिफ्रेस सेण्टर संचालनमा आएको छ ।

कार्यक्रममा बोल्दै पश्चिम नेपाल यातायात प्रालीका अध्यक्ष दधिराम खरेलले १८-२० जना यात्रु बोक्ने जहाजका पाईलटहरुलाई प्रहरीले सलाम ठोकेपनि गाडीका चालहरुलाई भने जरिवाना असुल गर्ने पात्रकारुपमा लिने गरेको बताए । उनले जरिवना असुली दुर्घटनाको न्युनिकरण गर्ने माध्यम हुन नसक्ने बताउँदै ट्राफिक प्रहरी यात्रु र चालकमैत्री बन्न नसकेको आरोप लगाए ।

कार्यत्रलमकैबीच बुटवलबाट काठमाडौका लागि छुटेको रात्री बसमा चढेर ट्राफिक प्रहरीका बरिष्ठ सहायक निरिक्षक ज्ञानु पाण्डेले चालक र यात्रुहरुलाई सवारी नियम तथा आउन सक्ने समस्याहरुका बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १० : ४३ बजे

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह

कृष्णभीरको अवरोधले लमजुङ-काठमाडौं यात्रा कष्टकर

लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौं यात्रा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

काठमाडौं । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं