४ पुस २०८२, शुक्रबार | December 20, 2025

जिरोना ला लिगामा बढुवा



काठमाडौं । प्लेअफमा टेनेरिफेलाई ३-१ ले पराजित गर्दै जिरोना स्पेनिस ला लिगामा बढुवा भएको छ ।

टेनेरिफेको मैदानको खेलको ४१ औं मिनेटमा क्रिस्टियन स्टुएनीले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, ५९ औं मिनेटमा कार्लोस रुइज एरेनागाले गोल गरेपछि टेनेरिफे खेलमा फर्किएको थियो ।

त्यसको नौ मिनेटपछि होजे लियोनबाट आत्मघाती गोल उपहार पाएपछि पुनः जिरोनाले अग्रता लिएको थियो । यस्तै, खेलको निर्धारित समय सकिन १० मिनेट बाँकी रहँदा अर्नाउ मार्टिनेजले गोल गरेपछि जिरोनाले ३-१ को जितसहित ला लिगामा आफ्नो स्थान पक्का गरेको छ ।

जिरोना सन् २०१८-१९ को सिजन ला लिगाबाट घटुवा भएसँगै दोस्रो डिभिजनमा लगातार पाँचौ स्थानमा रहेको जिरोना पछिल्लो सिजन पनि प्लेअफको फाइनलमा इल्चेसँग पराजित भएपछि शीर्ष डिभिजनमा उक्लिन सकेको थिएन ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ७ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको