१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

प्रश्रित प्रतिष्ठान नेपालद्वारा साहित्यिक कार्यक्रम



भैरहवा । प्रश्रित प्रतिष्ठान नेपालद्वारा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको जन्मदिनको अवसरमा साहित्यिक कार्यक्रम गरि मनाइएको छ । प्रतिष्ठानको केन्द्रिय कार्यालय सिद्धार्थनगर रुपन्देहीले साहित्यिक जमघट तथा रचनावाचन कार्यक्रम गरेको छ । साहित्यकार मोदनाथ प्रश्रितको साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान रहेको र उनको योगदानलाई कदर गर्दै प्रतिष्ठान खुलेको शिक्षाविद् बालकृष्ण भट्टराईले बताए ।

कार्यक्रममा प्राज्ञ बूँद रानाले गजलको माध्यमबाट कार्यक्रमलाई सङ्गितमय बनाएका थिए । साहित्यकार नरेन्द्र भण्डारीले प्रश्रितलाई गितको माध्यमबाट शुभकामना व्यक्त गरे ।

साहित्यकार हिरालाल धामीले नेपालको पश्चिम क्षेत्रमा प्रचलित देउडा भाकाको गितले कार्यक्रमलाई रोचकता प्रदान गरे । संस्थाका अध्यक्ष प्राध्यापक डा. कपिल लामिछानेले संस्थाले गर्दै आएका कामको बारेमा जानकारी गराउँदै संस्थाको उद्देश्यबारे जानकारी गराएका थिए ।

कार्यक्रमा साहित्यकार उमेशचन्द्र रिजाल, वनमाली निराकार, डाक्टर शंकर नेपाल, रुद्र ज्ञवाली, उमेश थापा, डिबि पुन, युवराज खनाल, रमेश समर्थन लगायतले रचना वाचन गरेका थिए भने साहित्यकार डिल्लीराज भट्टराईले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका बिच संस्थाका आजिवन सदस्यलाई टिका, खादा र सदस्यता प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ५ : ४२ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल