१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

प्रश्रित प्रतिष्ठान नेपालद्वारा साहित्यिक कार्यक्रम



भैरहवा । प्रश्रित प्रतिष्ठान नेपालद्वारा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको जन्मदिनको अवसरमा साहित्यिक कार्यक्रम गरि मनाइएको छ । प्रतिष्ठानको केन्द्रिय कार्यालय सिद्धार्थनगर रुपन्देहीले साहित्यिक जमघट तथा रचनावाचन कार्यक्रम गरेको छ । साहित्यकार मोदनाथ प्रश्रितको साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान रहेको र उनको योगदानलाई कदर गर्दै प्रतिष्ठान खुलेको शिक्षाविद् बालकृष्ण भट्टराईले बताए ।

कार्यक्रममा प्राज्ञ बूँद रानाले गजलको माध्यमबाट कार्यक्रमलाई सङ्गितमय बनाएका थिए । साहित्यकार नरेन्द्र भण्डारीले प्रश्रितलाई गितको माध्यमबाट शुभकामना व्यक्त गरे ।

साहित्यकार हिरालाल धामीले नेपालको पश्चिम क्षेत्रमा प्रचलित देउडा भाकाको गितले कार्यक्रमलाई रोचकता प्रदान गरे । संस्थाका अध्यक्ष प्राध्यापक डा. कपिल लामिछानेले संस्थाले गर्दै आएका कामको बारेमा जानकारी गराउँदै संस्थाको उद्देश्यबारे जानकारी गराएका थिए ।

कार्यक्रमा साहित्यकार उमेशचन्द्र रिजाल, वनमाली निराकार, डाक्टर शंकर नेपाल, रुद्र ज्ञवाली, उमेश थापा, डिबि पुन, युवराज खनाल, रमेश समर्थन लगायतले रचना वाचन गरेका थिए भने साहित्यकार डिल्लीराज भट्टराईले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका बिच संस्थाका आजिवन सदस्यलाई टिका, खादा र सदस्यता प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ५ : ४२ बजे

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ