२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

जिल्ला भलिबल संघ रुपन्देहीको अध्यक्षमा सुरेन्द्र शाक्य चयन



बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको ८ औं वार्षिक साधारण सभा तथा ५ औं जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ ।

अधिवेशनले सुरेन्द्र कुमार शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

अधिवेशनले समितिको उपाध्यक्षमा राम बहादुर थापा र लोकेन्द भण्डारी, महासचिवमा शेरजङ्ग गुरुङ ईश्वर र कोषाध्यक्षमा तुल बहादुर थापा चयन भएका छन ।

समितिको सदस्यमा विश्वास ढकाल, महेश खनाल, ममता बुढाथोकी लाल प्रकाश थापा, विजयी गुरुङ, ईन्दीरा राना, प्रताव खवास र किशन बहादुर चन्द निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पत्रकार सुमन अधिकारी र यमलाल भुसाल निर्वाचन समितिमा रहेका थिए ।

त्यसअघि साधारण सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकास भट्टराईले खेलकुदको विकासमा राजनैतिक दलहरु गम्भिर हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । उनले हरेक खेलकुदको विकास र संरक्षणका लागि राजनैतिक आस्था भन्दा फरक व्यक्तिहरुको छुट्टै समुह बनाउन जरुरी रहेको औल्याए । संघका अध्यक्ष योग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भलिबल महासंघकी उपाध्यक्ष निरोध शाक्य, पत्रकार सुमन अधिकारी, दिनेश पाण्डे संघका निर्वतमान अध्यक्ष विष्णु कुमार श्रेष्ठ, सल्लाहकार टुक बहादुर क्षेत्री महेश खनाल लगायतले खेलकुदको क्षेत्रमा सरकारले बजेट विनियोजन गर्न नसक्दा खेलकुदमा लागेकाहरुको संरक्षण हुन नसकेको गुनासो राखेका थिए ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ७ : २० बजे

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो