२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

जिल्ला भलिबल संघ रुपन्देहीको अध्यक्षमा सुरेन्द्र शाक्य चयन



बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको ८ औं वार्षिक साधारण सभा तथा ५ औं जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ ।

अधिवेशनले सुरेन्द्र कुमार शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

अधिवेशनले समितिको उपाध्यक्षमा राम बहादुर थापा र लोकेन्द भण्डारी, महासचिवमा शेरजङ्ग गुरुङ ईश्वर र कोषाध्यक्षमा तुल बहादुर थापा चयन भएका छन ।

समितिको सदस्यमा विश्वास ढकाल, महेश खनाल, ममता बुढाथोकी लाल प्रकाश थापा, विजयी गुरुङ, ईन्दीरा राना, प्रताव खवास र किशन बहादुर चन्द निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पत्रकार सुमन अधिकारी र यमलाल भुसाल निर्वाचन समितिमा रहेका थिए ।

त्यसअघि साधारण सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकास भट्टराईले खेलकुदको विकासमा राजनैतिक दलहरु गम्भिर हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । उनले हरेक खेलकुदको विकास र संरक्षणका लागि राजनैतिक आस्था भन्दा फरक व्यक्तिहरुको छुट्टै समुह बनाउन जरुरी रहेको औल्याए । संघका अध्यक्ष योग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भलिबल महासंघकी उपाध्यक्ष निरोध शाक्य, पत्रकार सुमन अधिकारी, दिनेश पाण्डे संघका निर्वतमान अध्यक्ष विष्णु कुमार श्रेष्ठ, सल्लाहकार टुक बहादुर क्षेत्री महेश खनाल लगायतले खेलकुदको क्षेत्रमा सरकारले बजेट विनियोजन गर्न नसक्दा खेलकुदमा लागेकाहरुको संरक्षण हुन नसकेको गुनासो राखेका थिए ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ७ : २० बजे

मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभामा सांसद कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारी

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र