१६ बैशाख २०८१, आइतबार | April 28, 2024

नेपाल हङकङसँग पराजित



काठमाडौ । एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ ।

मलेसियाको किनरारा ओभलमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको एक सय १० रनको लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेट गुमाउनुअघि एक सय १२ रन बनायो ।

हङकङको लागि मारिको हिलले ४५, नतासा माइल्सले २८ र कप्तान केरी चानले १७ रनको योगदान गरे । नेपालकी संगिता राईले दुई तथा सीता राना मगरले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउनुअघि एक सय नौ रनको योगफल तयार गरेको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३२ रनको योगदान गरिन् । उनले ३६ बलमा चार चौका प्रहार गरिन् ।

यस्तै, बिन्दु रावलले २३, अप्सरी बेगमले २२, सीता राना मगरले ९ र ममता चौधरीले सात रन जोडिन् । हङकङकी बेट्टी चानले दुई तथा मर्याम बिबी र इल्सा हब्बार्डले समान एक विकेट लिए ।

नेपाल हङकङसँग पराजित भएपनि एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ३ : ३४ बजे

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई