१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

कर्णालीका विद्यार्थीलाई पोखरेलीको किताव सहयोग



पोखरा । पोखराका युवा विद्यार्थीहरुले कर्णालीका विद्यार्थीलाई पुस्तक सहयोग अभियान सुरु गरेका छन् । पूराना र नयाँ किताव किनेर उनीहरुले कर्णाली पठाउन लागेका हुन् । कक्षा १२ को परीक्षा सकेपछि उनीहरुले यस्तो अभियान सुरु गरेका हुन् ।

एजुकेट नेपाल नारा दिएर उनीहरुले अभियान सुरु गरेको सदस्य देव भुजेलले जानकारी दिए । देवसँगै स्मित लामिछाने, कृष्ण पौडेल, प्रदिप भट्टराई, सन्चिता थापा, विवस रिजाल, सुशान पौडेल, निदेश महत र गौरी भुजेलले किताव संकलन अभियान थालेका छन् ।

५ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई किताव र कापी संकलन गरेर पठाउन लागिएको हो । विशेषगरी कालिकोट जिल्लाका विभिन्न पालिकामा रहेका विद्यालयमा पढ्ने विद्यार्थीलाई सहयोग गर्न लागिएको भुजेलले बताए । हालसम्म संकलित पुस्तक लिएर केही विद्यार्थी कालिकोटतर्फ गएका छन् ।

‘किताव नपाएर पढ्न नसकेको समाचार हामीले सुन्यौं,’ उनले भने, ‘हामीले आफ्नो कर्तब्य पूरा गरेका हौं ।’ किताव र कापीसँगै कपडा र नगद रकम समेत सहयोग जुटेको उनले बताए । संकलित सामग्री ढुवानीका लागि मात्रै १ लाख रुपैयाँ लाग्ने अर्का अभियानकर्ता कृष्ण पौडेलले बताए ।

 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ६ : २२ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका