१२ बैशाख २०८१, बुधबार | April 24, 2024

बुटवलमा सडक राजनीति : संघ, प्रदेश र स्थानीयले अपनत्व नलिएको सडक (फोटो फिचर)



बुटवल । राजनीति सत्ता, शक्ति र समाजका लागि हुन छाडेर पछिल्लो समय पद, प्रतिस्ठा र स्वार्थका लागी हुने गरेको छ । त्यसैको निरन्तरता स्वरुप अचेल राजनीति गर्ने थलो बनेको छ बुटवल शहरको मुख्य सडक । अस्पताल लाईनदेखि ट्राफिक चोकसम्मको बढीमा एक किलोमिटरको सडक बनाउन भन्दै काम सुरु भएको झण्डै एक दशकसम्म पनि पुरा हुन सकेको छैन ।

कहिले स्थानियको विरोध, मुद्धा मामिला त कहिले ठेकेदार सम्पर्कमा नआउने जस्ता समस्याकै कारण सडक निर्माणको काममा प्रगति हुन सकेको छैन । सडक बनाउँदा बनाउँदै बीचमा अलपत्र पारिएपछि स्थानिय र यात्रुहरुले ठुलो सास्ती ब्यहोर्नु परिरहेको छ ।

स्थानीय निर्वाचनमा समेत उम्मेदवारहरु बिच सामाजिक संजालमा सोही सडकको बिषयमा आरोपप्रत्यारोप चलेको थियो । बुटवलमा चुनाव जित्नकै लागि मुल सडकको निमार्णको विषयलाई सबै उम्मेदवारहरुले मुल विषय बनाएका थिए । चुनाव सकिए लगत्तै निर्वाचित जनप्रतिनिधि रातरात फोटो खिचाउनैका लागि सडकमा मेशिन पनि चलाए ।

खाल्डो परेको सडकका केही खाल्डाहरु पुरेर अब त हुन्छ की भन्ने आशा पनि देखाए । २-४ दिन तामझाम देखिएको सडक निर्माणको काममा भने दिनहरु बित्दै जाँदा कुनै प्रगति हुन सकेन । ठेकेदार कम्पनीले स्थानीय जनप्रतिनिधिलाई बेवास्ता गरिदिँदा सडकको काम रोकियो र पुरिएका खाल्डाहरु फेरि पानीले बगाउन थालेको छ । सडक निर्माणका लागि भन्दै प्रादेशिक अस्पताल तर्फबाट दुईतर्फि बाटो संचालन गर्दा अस्पतालकै अगाडि ठुला ठुला खाल्डाहरु परेका छन् भने अस्पताल आउने बिरामी र तीनले ल्याउने सवारी साधन खाल्डामा फस्दा हरेक दिन दुर्घटनाको संख्या पनि बढेको छ । दैनिक दुर्घटनाको संख्या बढेको ट्राफिक प्रहरी कार्यालयले पनि पुष्टि गरेको छ ।

काम गर्छु भनेर ठेकेदारका प्रतिनिधिले प्रतिवद्धता जनाएपनि सरासर काम हुन नसकेको बुटवल उपमहानगरका नगर प्रमसख खेलराज पाण्डेले बताए । ‘प्रतिबद्धता अनुरुप काम भएको छैन, बारबार मोबाईल स्विचअफ गर्ने गरेकाले ठेकेदारसँग नियमित सम्पर्क छैन ।’ उपमहानगर प्रमुख पाण्डेले बताए ।

वर्षौंदेखि मुल सडकको कन्तबिजोग हुँदा पनि स्थानीय, प्रदेश र संघ तीन वटै सरकार सडकको विषयमा गम्भिर देखिदैन । दुर्घटना न्युनिकरण गर्दै लामो समयसम्म हुने सडक जाम हटाउन प्रदेश ट्राफिक प्रहरी कार्यालयले २ जवान ट्राफिक खटाएर औपचारिकता निभाउने गरेको छ भने उपमहानगर प्रहरी भने सडक जाम हटाउने जिम्मेवारीबाट पन्छिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयमा रहेको ३५ बढी प्रहरीहरु बन जङ्गलका क्षेउमा गौंडा कुरेर असुलीमा सक्रिय देखिएपनि बुटवलको मुख्य सडक र शहरका भित्रि भागको सडकमा भने पूर्ण बेखबर जस्तै बनेको छ । प्रदेश सरकार भने आफुसंग प्रदेश प्रहरी नभएको भन्दै चुपचाप लागेकै छ ।

लुम्बिनी प्रदेशको अस्थाई मुकाम रुपन्देहीको व्यापारिक मार्ग बिस्तार आयोजना अन्तरगत बुटवल बेलहिया सडक खण्डको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक पुरा नहुदा यात्रुले सास्ती ब्यहोर्नुपरेको हो । सडक निमार्णको काम पुरा नहुदा पुर्वपश्चिम महेन्द्र राजमार्ग र उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा भएर गुड्ने सवारी साधन दैनिक जाममा पर्ने समस्या देखिएको छ । ट्राफिक अस्तब्यस्त छ ।
असार मसान्तसंग ठेक्का समयावधी सकिन लाग्दा काम देखाउनैका लागि अस्थाई पिच गर्ने भनिएको भएपनि केही काम गरेर बाँकी काम अलपत्र पारिएको छ । बाटामा माटोसहितको मिस्कटले खाल्टाखुल्टी बढेको छ । सडकमा दुई पाँग्रे सवारी साधनको दुर्घटना ह्वात्तै बढेको पनि प्रहरीले जनाएको छ । शुक्रबार बजार हिडेका स्कलर्स होम बोर्डिङ स्कुलका लोक प्रसाद भण्डारी (राजु) अस्पताल लाईनको खाल्टोमा दुर्घटना परे । ठुलो सवारी खाल्टो बचाउदा उनी खाल्टोमा परे । हातमा सामान्य चोट र बाईकको ले–गार्ड बाङिएको उनले बताए । अस्पतालमा आउने बिरामीहरुले दिनमा दर्जनौ सानातिना दुर्घना व्यहोर्न बाध्य छन् ।

 

तीन वर्षमा सक्ने लक्ष्यसहित २०६८ सालमा शुरु भएको बुटवल–बेलहिया ६ लेन सडक मुद्धामामिला र स्थानीयको बिरोधका कारण ३ वर्ष रोकिएको थियो । आयोजना अन्तरगत राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सबै साईड क्लियर गरिसकेको अवस्थामा पछिल्लोसमय ठेकेदार कम्पनीको कारण राकिएको हो । उता ठेकेदार कम्पनीले भने ८२ रुपैया प्रति लिटर डिजल हुदा स्टीमेट भएको ठेक्का अहिले बढेर १ सय ९२ रुपैया प्रति लिटर हुँदा पनि भेरिफिकेसन नभएको दुखेसो गर्दै काममा सुस्तता देखाउने गरेको छ ।

राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको कन्चनजंगा बिरुवा जेबी, भैरहवा अंचलपुरदेखि लखनचोकसम्मको बिरुवा एपेक्स श्रेष्ठ जेबि र भन्सार नाका बेलहीयादेखि डण्डाखोला पुलपारीसम्मको बिरुवा जेबि नाममा आधिकारीक प्रतिनिधि सुमित श्रेष्ठ रहेको ठेगेदार कम्पनीले लापरवाही गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक डिभिजन कार्यालय बुटवलले जानकारी दिएको छ । कुल ५० मिटर चौडाई र २७.५० किलोमिटर दुरीको सडकको यो आयोजनाको कुल लागत ६ अर्ब १३ करोड रुपैया रहेको छ । ५ अर्ब ५९ करोड रुपैया खर्च भैसकेको यो सडक पटकपटक बिबादका कारण रोकिदै आएको छ ।

 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ३ : ४७ बजे

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल

एक जना मन्त्री लिएर सरकार बिस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना