२१ बैशाख २०८३, सोमबार | May 4, 2026

मन्त्रिपरिषद् हेरफेर गर्न प्रधानमन्त्रीलाई दबाब दिने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषद् हेरफेर गर्न दबाब दिएको छ ।

बुधबार बसेको पार्टी सचिवालय बैठकले यसअघि बझाएको सूचीअनुसार पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु फेर्न प्रधानमन्त्रीलाई दबाब दिने निर्णय गरेको हो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सम्मानित नेता झलनाथ खनालले सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको नर्णियलाई बेवास्ता भएको भन्दै बुधबार बासेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले तत्काल कार्यान्वयन गराउन लगाउने निर्णय भएको बताए ।

‘आज सचिवालयको बैठक बसेको थियो चाडै नै पोलिटब्यूरो बैठक, केन्द्रीय समितिको बैठक, केन्द्रीय परिषद्को बैठकको तयारीको विषयका छलफल गर्‍यौँ,’ समाजवादी प्रेस संगठन काठमाडौंद्वारा वुधबार आयोजित कार्यक्रममा खनालले भने, ‘यसबाहेक मन्त्रिपरिषद्मा हाम्रो टिम बदल्ने भनेर निर्णय गरेका छौं । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गरेका छैन, तुरुन्तै कार्यान्वयन गर्नुप¥यो भनेर निर्णय भएको छ ।’

गठबन्धनको बैठकमा अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको निर्णय कार्यान्वयनमा जोड दिनेभएका छन् ।

एकीकृत समाजवादीबाट सरकारमा एकराज्यमन्त्रीसहित चार मन्त्री रहेका छन् । मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठको ठाउँमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको थियो । राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्री बनाउने एकीकृत समाजवादीको योजना थियो ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ४ : २६ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र