१० पुस २०८२, बिहिबार | December 25, 2025

मन्त्रिपरिषद् हेरफेर गर्न प्रधानमन्त्रीलाई दबाब दिने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषद् हेरफेर गर्न दबाब दिएको छ ।

बुधबार बसेको पार्टी सचिवालय बैठकले यसअघि बझाएको सूचीअनुसार पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु फेर्न प्रधानमन्त्रीलाई दबाब दिने निर्णय गरेको हो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सम्मानित नेता झलनाथ खनालले सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको नर्णियलाई बेवास्ता भएको भन्दै बुधबार बासेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले तत्काल कार्यान्वयन गराउन लगाउने निर्णय भएको बताए ।

‘आज सचिवालयको बैठक बसेको थियो चाडै नै पोलिटब्यूरो बैठक, केन्द्रीय समितिको बैठक, केन्द्रीय परिषद्को बैठकको तयारीको विषयका छलफल गर्‍यौँ,’ समाजवादी प्रेस संगठन काठमाडौंद्वारा वुधबार आयोजित कार्यक्रममा खनालले भने, ‘यसबाहेक मन्त्रिपरिषद्मा हाम्रो टिम बदल्ने भनेर निर्णय गरेका छौं । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गरेका छैन, तुरुन्तै कार्यान्वयन गर्नुप¥यो भनेर निर्णय भएको छ ।’

गठबन्धनको बैठकमा अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको निर्णय कार्यान्वयनमा जोड दिनेभएका छन् ।

एकीकृत समाजवादीबाट सरकारमा एकराज्यमन्त्रीसहित चार मन्त्री रहेका छन् । मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठको ठाउँमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको थियो । राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्री बनाउने एकीकृत समाजवादीको योजना थियो ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ४ : २६ बजे

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौं । बाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान

त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज, १६ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज हुँदै