१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ



खोटाङ । हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ परेका छन् । खोटाङ जन्तेढुंगा गाउँपालिका-५ चिसापानी घर भइ हाल इटहरी उपमहानगरपालिका-१६ बालग्रामचोक बस्दैआएकी ७७ वर्षीया तुलसा खड्कालाई गत स्थानीय तह निर्वाचनकाे बेला भोट हाल्न गाउँ लैजाने क्रममा बाटैमा हत्या गरेको अभियोगमा नाति हरि खड्का पक्राउ परेका हुन् ।

घटनापछि सम्पर्कविहीन बनेका खड्कालाई प्रहरीले भारतको सिलीगुढीबाट मंगलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङले खड्का पक्राउ परेको पुष्टि गरे पनि थप अनुसन्धानपछि यथार्थ सार्वजनिक गर्ने जनाएको छ ।

तुलसा ३० वैशाखको स्थानीय तह निर्वाचनमा मतदान गर्न भन्दै २६ वैशाखमा नाति हरिसँग सुनसरीबाट खोटाङतर्फ गएकी थिइन । तर, मतदानका लागि हिँडेकी वृद्धाको शव ३१ वैशाखमा खोटाङको बराहपोखरी गाउँपालिका-५ पौवासेरामा सुनकोसी नदी किनारमा भेटिएको थियो ।

मतदान गर्न जानेक्रममा बेपत्ता भएकी तुलसा खड्का ।

बेवारिसे अवस्थामा भेटिएको शवलाई प्रहरीले उठाएर उदयपुरको बेलटारमा लगेर पोष्टमार्टम गरेको थियो । पोष्टमार्टमपछि पनि आफन्त सोधीखोजीमा नपुगेपछि बेवारिसे बनेको शवको २ जेठमा सदगद् गरिएको थियो । दाँत, साडी, चोलो लगायतका माध्यमबाट ठुलीआमाको पहिचान गरेकाे भतिजी लक्ष्मी खड्काले बताइन् । उनको गत १८ जेठमा सनाखत भएको थियो ।

गत १० जेठसम्म सम्पर्कमा रहेका अभियुक्त १३ जेठदेखि सम्पर्कविहीन बनेका थिए । हजुरआमाको हत्या गरेको भन्दै नातिविरुद्ध १८ जेठमा जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दर्ता भएको थियो । पारिवारिक बेमेल र हिंसापीडित वृद्धालाई भतिजी लक्ष्मीले आफ्नो घर नजिकै कोठा व्यवस्था गरेर एक वर्षदेखि रेखदेखमा राखेकी थिइन् ।

शहरबाट मतदान गर्न गाउँ जाने मतदाताका लागि विभिन्न दलका उम्मेदवारले गाडीको व्यवस्था गरेको थियो । लक्ष्मीले ठुलीआमालाई यस्तै प्रायोजित गाडीमार्फत गाउँ गएर मतदान गर्न जान र फर्कन सुझाएका थिए । तर, आफू बिहेमा गएको बेलामा वृद्धालाई मतदान गर्न गाउँ लैजाने वाहनामा बेत्तपा पारेकाे लक्ष्मीको दावी छ । मतदानका लागि सँगै गएका हजुरआमा बेपत्ता भएपछि आफन्तहरूले नातिमाथि शंका गरेका थिए । त्यसपछि नाति हरि खड्का बेपत्ता भएका थिए ।

 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ४ : ३१ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर