२६ बैशाख २०८३, शनिबार | May 9, 2026

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ



खोटाङ । हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ परेका छन् । खोटाङ जन्तेढुंगा गाउँपालिका-५ चिसापानी घर भइ हाल इटहरी उपमहानगरपालिका-१६ बालग्रामचोक बस्दैआएकी ७७ वर्षीया तुलसा खड्कालाई गत स्थानीय तह निर्वाचनकाे बेला भोट हाल्न गाउँ लैजाने क्रममा बाटैमा हत्या गरेको अभियोगमा नाति हरि खड्का पक्राउ परेका हुन् ।

घटनापछि सम्पर्कविहीन बनेका खड्कालाई प्रहरीले भारतको सिलीगुढीबाट मंगलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङले खड्का पक्राउ परेको पुष्टि गरे पनि थप अनुसन्धानपछि यथार्थ सार्वजनिक गर्ने जनाएको छ ।

तुलसा ३० वैशाखको स्थानीय तह निर्वाचनमा मतदान गर्न भन्दै २६ वैशाखमा नाति हरिसँग सुनसरीबाट खोटाङतर्फ गएकी थिइन । तर, मतदानका लागि हिँडेकी वृद्धाको शव ३१ वैशाखमा खोटाङको बराहपोखरी गाउँपालिका-५ पौवासेरामा सुनकोसी नदी किनारमा भेटिएको थियो ।

मतदान गर्न जानेक्रममा बेपत्ता भएकी तुलसा खड्का ।

बेवारिसे अवस्थामा भेटिएको शवलाई प्रहरीले उठाएर उदयपुरको बेलटारमा लगेर पोष्टमार्टम गरेको थियो । पोष्टमार्टमपछि पनि आफन्त सोधीखोजीमा नपुगेपछि बेवारिसे बनेको शवको २ जेठमा सदगद् गरिएको थियो । दाँत, साडी, चोलो लगायतका माध्यमबाट ठुलीआमाको पहिचान गरेकाे भतिजी लक्ष्मी खड्काले बताइन् । उनको गत १८ जेठमा सनाखत भएको थियो ।

गत १० जेठसम्म सम्पर्कमा रहेका अभियुक्त १३ जेठदेखि सम्पर्कविहीन बनेका थिए । हजुरआमाको हत्या गरेको भन्दै नातिविरुद्ध १८ जेठमा जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दर्ता भएको थियो । पारिवारिक बेमेल र हिंसापीडित वृद्धालाई भतिजी लक्ष्मीले आफ्नो घर नजिकै कोठा व्यवस्था गरेर एक वर्षदेखि रेखदेखमा राखेकी थिइन् ।

शहरबाट मतदान गर्न गाउँ जाने मतदाताका लागि विभिन्न दलका उम्मेदवारले गाडीको व्यवस्था गरेको थियो । लक्ष्मीले ठुलीआमालाई यस्तै प्रायोजित गाडीमार्फत गाउँ गएर मतदान गर्न जान र फर्कन सुझाएका थिए । तर, आफू बिहेमा गएको बेलामा वृद्धालाई मतदान गर्न गाउँ लैजाने वाहनामा बेत्तपा पारेकाे लक्ष्मीको दावी छ । मतदानका लागि सँगै गएका हजुरआमा बेपत्ता भएपछि आफन्तहरूले नातिमाथि शंका गरेका थिए । त्यसपछि नाति हरि खड्का बेपत्ता भएका थिए ।

 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ४ : ३१ बजे

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

मुस्ताङ । यहाँस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले

छ लाख भारतीय मुद्रासहित दुई पक्राउ

नेपालगन्ज । बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय मुद्रासहित

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा

रास्वपाले आजदेखि सांसदहरूलाई दुईदिने प्रशिक्षण दिँदै

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित