१४ असार २०८३, आइतबार | June 29, 2026

अखिल नेपाल फुटबल संघ पदिय जिम्मेवारी बाँडफाँट : किरण महासचिव, रवीन्द्र कोषाध्यक्ष, विदेश विभागमा पाण्डे



काठमाडौं । नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्वाङको अध्यक्षतामा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको पहिलो बैठकले महासचिव र कोषाध्यक्ष सहित पदिय जिम्मेवारी बाँडफाँट गरेको छ ।

बुधबार बसेको एन्फाको कार्यसमिति बैठकले महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरेको छ भने बैठकले विदेश विभाग प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गरेको छ ।

राई अघिल्लो कार्यकालमा एन्फाको प्रवक्ता थिए भने रवीन्द्र कोषाध्यक्षमा दोहोरिएको हुन् ।

टिम बाहिर रहेका दस खेलाडीलाई टिममा फिर्ता बोलाउने निर्णय

एन्फा कार्यसमितिको पहिलो बैठकले मुख्य प्रशिक्षकसंग विवादपछी टिम बाहिर रहेका दस खेलाडीलाई टिममा फिर्ता बोलाउने निर्णय गरेको छ ।

बैठकले खेलाडीलाई टिममा सहभागी गराउने तथा प्रशिक्षक र कतार फुटबल संघसंग समन्वय गरि कार्यन्वन गर्न सचिवालयलाई निर्देशन दिएको छ ।

‘राष्ट्रिय टिमका फुटबल खेलाडी र प्रशिक्षकबीचको विवाद पछि गठित कार्यदलले बुझाएको प्रतिवेदनको सुझाव अनुरुप १० जना खेलाडीहरुको हकमा राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गरियो । र प्रशिक्षकको हकमा निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरि कार्यन्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय गरियो,’ बैठक पछि एन्फाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

गत महिना मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसंगको विवादका कारण कप्तान किरण कुमार लिम्बू, रोहित चन्द लगायत १० खेलाडी टिम बाहिर छन् ।

यता, संघले ढाकामा हुने साफको चुनाबमा उपाध्यक्ष पदमा सुन्दर नरसिंह जोशीको नाम प्रस्ताब गर्ने निर्णय गरेको हो ।

‘यहि जुलाइ २ बंगलादेशको राजधानी ढाकामा हुने दक्षिण एसियाली फुटबल संघ (साफ) को चुनावमा उपाध्यक्ष पदमा नेपालबाट न्यु रोड टिम (एनआरटी) क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीको नाम प्रस्ताव गर्ने निर्णय पारित गरियो ।’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ९ : ३८ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा