१४ भदौ २०८३, आइतबार | August 30, 2026

बुटवलमा भेटियो औषधीको नक्कली प्रिन्ट गर्ने उद्योग



बुटवल । बुटवलमा मानव स्वास्थ्यसंग जोडिएको अति संबेदनशिल वस्तुमा पर्ने औषधीमा नक्कली म्याद र नक्कली मुल्य प्रिन्ट गर्ने उद्योग फेला परेको छ । औषधी व्यवसायी र बुटवल उपमहानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा बुटवल ७ दिपनगरमा त्यस्ता नक्कली प्रिन्ट गरिएको औषधी र पोषणयुक्त खाद्य सामाग्रीको भण्डार तथा प्रिन्ट उद्योग नै फेला परेको हो ।

सो उद्योगबाट औषधीमा नयाँ मुल्य राख्ने, म्याद सकिएका औषधीहरुलाई रिप्रिन्ट गर्ने तथा पोषणयुक्त खाद्य पदार्थमा पनि नयाँ मिति र मुल्य कायम गरि बजारमा पठाउने कार्य भइरहेको अनुगम टोलिले फेलापारेको हो । नक्कली काम गरेर औषधी तथा पोषणयुक्त खाद्य सामाग्री विक्री वितरण गरेको आरोपमा बुटवलमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा औषधी तथा पोषणयुक्त सामाग्रिको गोदाम गरेर नयाँ मुल्य राखी विक्रि वितरण गर्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा नागार्जुन गाउँपालिका वडा नं. २ बैतडीका २८ वर्षीय प्रकाश भण्डारी, सोही गाउँपालिका वडा नं. ३ का २३ वर्षीय महेश भण्डारी र दशरथचन्द नगरपालिका वडा नं. ११ वैतडीका २६ वर्षीय हरिष भण्डारी रहेका छन् ।

अवैध रुपमा विभिन्न प्रकारका प्रशोधित (औषधी) तथा पोषणयुक्त सामाग्रि गोदाम गरी राख्ने र नयाँ मुल्य राख्ने तथा म्याद सकिएको औषधीमा नयाँ मिति राखेर विक्रि वितरण भईरहेको सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा अबैध कार्य गरिरहेकै अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

उनीहरु बस्ने घरकोठामा खानतलासी गर्दा तोकिएको मुल्य भन्दा फरक नयाँ मुल्य कायम गरी लेबल प्रिन्ट गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको डीएसपी केसीले बताए ।

प्रहरीले उनीहरुको साथबाट २ सय कार्टुन बिभिन्न प्रकारका औषधी तथा पोषणयुक्त सामाग्रीहरु र १ थान प्रिन्टिङ मेसिन बरामद गरेको छ । पक्राउ परेका उनीहरु उपर सार्वजनिक हित स्वास्थ्य सुरक्षा र नैतिकता विरुद्धको कसुरमा थप अनुसन्धान भईरहेको केसीले जानकारी दिए ।

 

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ९ : ०६ बजे

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो