२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

माओवादी अध्यक्ष प्रचण्ड र सीपीसी विदेश विभाग प्रमुख लिउ जियाकाओबीच छलफल



काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीपी)को विदेश विभाग प्रमुख लिउ जियाकाओबीच छलफल भएको छ ।

अध्यक्ष प्रचण्ड र सीपीपी विदेश विभाग प्रमुखबीच आज दिउँसो भर्चुअल माध्यमबाट छलफल भएको हो ।

केही महिनाअघि सोङ् ताओको कार्यकाल सकिएपछि सीपीसी विदेश विभागको मुख्य जिम्मेवारी लिउले सम्हालेका छन् । दुई नेताबीचको छलफलमा दुई देशबीचको सम्बन्ध र भूराजनीतिक अवस्थाका विषयमा छलफल भएको छ । यस्तै दुई कम्युनिष्ट पार्टीबीचको भाइचारा सम्बन्धलाई अझ मजबुद बनाउने विषयमा समेत छलफल भएको हुनसक्ने विश्लेषण गरिएको छ ।

अध्यक्ष प्रचण्डसँग चिनियाँ नेताहरुले बारम्बार छलफल गरिरहन्छन् । राष्ट्रपति सी चिङफिङलाई सबैभन्दा धेरै पटक भेटघाट गरेका प्रचण्ड र नेकपा माओवादीको चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीसँग निकट सम्बन्ध रहेको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ५ : ५८ बजे

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार

सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो

बुटवल । यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय

भारतबाट नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउने १३ जना प्रहरीबाट सार्वजनिक(नामसहित)

बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि