१० पुस २०८२, बिहिबार | December 25, 2025

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै



काठमाडौं ।सत्तारुढ नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज शुक्रबार बस्दैछ ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ ।

केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्यूरो बस्न लागेको हो ।

शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक डाकिएको छ ।

एकीकृत समाजवादीभित्र मन्त्री फेर्ने विषयमा विवाद उत्पन्न भएको छ । पार्टीको सचिवालयले निर्णय गरेर मन्त्री फेर्नका लागि प्रधानमन्त्रीलाई सूची बुझाए पनि कार्यावन्यन भएको छैन । हाल मन्त्री रहेका र मन्त्रीमा सिफारिस गरिएकाहरुबीच तिक्कता बढ्दो छ । पार्टी निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै शीर्ष नेताहरुले नै अध्यक्ष माधवकुमार नेपालको आलोचना गरिरहेका छन् ।

पार्टी बनेको एक वर्ष नपुग्दै आन्तरिक राजनीतिक संकट गहिरिँदै जाँदा बस्न लागेको पोलिटब्यूरो बैठकमा यस विषयमा पनि छलफल हुनसक्ने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ९ : २० बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना