५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

जुनोटिक रोग विषयमा समयमा नै सचेतना आवश्यक



बुटवल । पशुपंक्षीबाट मानिसमा सर्ने र मानिसबाट पशुपंक्षिमा सर्ने जुनोटिक रोगको रोकथामका लागि पुर्व सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजना बुटवलमा भएको ‘एक स्वासथ्य सम्बन्धी’ सचेतना गोष्ठीमा बोल्दै विज्ञले रोगको लागेर उपचार गर्न भन्दा पहिला रोग लाग्नै नदिने गरी सचेतना आवश्यक रहेको बताएका छन् ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनलयका निमित्त प्रमुख डा. परवेज आलमको अध्यक्षता तथा कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पक्लिहवा कृषि क्याम्प भैरहवाका निर्देशक डा शुम्भु शाह, भेटेनरी एशोसियसन लुम्बिनी प्रदेश सचिव डा. पुष्पराज पन्त, मन्त्रालयका पुर्व पशुपंक्षी महाशाखा प्रमुख डा. प्रदिप शर्मा पौडेल, स्वाथ्य निर्देशनलय बुटवलका प्रमुख विनोद गिरी लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै विज्ञहरुले समयमा नै रोगको पहिचान गरी सोही अनुसारको उपचार गरेमा मानिसबाट रोग पशुपंक्षीमा सर्न नपाउने र पशुपंक्षीबाट मानिसमा सर्न नपाउने हुँदा समयमा नै रोकथाम आवश्यक रहेको बताएका हुन ।

कार्यक्रममा बोल्दै कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाले सबैको साझा पहलबाट ने विभिन्न प्रकृतिक रोगबाट बच्न र बचाउन सकिने बताए । उनले रोग लागेर उपचार भन्दा पनि रोग लाग्न नदिने गरी व्यवस्था गर्न आवश्यक रहेको बताएका हुन ।

कार्यक्रममा पशु क्वारेन्टाईन भैरहवा प्रमुख डा. भक्त निउरे, वन तथा वातावरण मन्त्रालयका प्रशासन प्रमुख शुरेशचन्द्र आचार्य, कृषि मन्त्रालयका पशुपंक्षि महाशाखा प्रमुख तुलसीराम भण्डारी,कृषि विकास निर्देशनालयका अधिकृत दयाराज बस्याल, सुनौना बराली, पशुपंक्षी निर्देशनालयका अधिकृत ऐश्वरा आचार्य, नरेन्द्र पौडेल, उपभेक्ता हित संरक्षण मन्च लुम्बिनी प्रदेश अध्यक्ष तेज कुमार पाठक लगायतले आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा किसान, सरोकारवाला निकाय, भेटेनरी एशोसियसन, पारा भेटेनरी संघ लगायत विभिन्न मन्त्रालयका सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : २६ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया