१५ चैत्र २०७९, बुधबार | March 29, 2023

लकडाउनको बेलामा चारा खान नपाउँदा एकहजार बढी सेतो परेवा मरे



लकडाउनको बेलामा चारा नपाएपछि अफगानिस्तानको एक मस्जिदमा पालिएका एक हजारभन्दा बढी सेतो परेवा परेका छन् ।

चर्चित मजार ए शरीफ मस्जिमा पालिएका हजारौं परेवाको मृत्यु भएको अफगानिस्तानका अधिकारीहरुले बताएका छन् । लकडाउन गरेसँगै मजार ए शरीफ मस्जिल बन्द रहेको छ । जसका कारण परेवा लगायतका पंक्षीले चारा खाना पाएका थिएनन् ।

१२औं शताब्दीमा बनेकोे यो मस्जिद निलो मस्जितको नामले पनि चिनिन्छ । किनकी यसको पत्थर निलो रंगको रहेको छ ।

मस्जिल रेखदेख गर्ने कायमु अन्सारीले एएफपीलाई बताएअनुसार दिनदिनै परेवा मरेका थिए । किनकी तिनीहरुलाई चारा दिने कोही पनि मस्जिदमा आउँदैनथे । उनले बताए, ‘हरेक दिन करिब ३० भन्दा बढी परेवा मर्दै गएका थिए । मैले मृत परेवालाई मस्जिद बाहिर गाडिदिन्थेँ ।’
अहिलेसम्म एकहजार भन्दा बढी चरा मरिसकेको उनले दाबी गरे ।

अफगानिस्तानमा लकडाउनसँगै बन्द भएका कैयौं धार्मिक केन्द्रमा यो मस्जिद पनि परेको थियो । अफगानिस्तानमा कोरोना भाइरसका संक्रमितको संख्या २१ हजार बढी पुगेको छ । तर, यसभन्दा धेरै संख्यामा संक्रमितहरु रहेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ७ : २४ बजे

सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबण्डा, भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी सत्तारुढ गठबन्धनले

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु

काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि

खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने भएको

मन्त्रालय भागवण्डामा सहमति जुटाउन बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

काठमाडौं । मन्त्रालय बाँडफाँटबारे सहमति जुटाउन सत्ता गठबन्धनका दलहरुको बैठक

अवदेखि भेरी अस्पतालमा एमडी/एमएसको पढाई हुने

नेपालगन्ज । अवदेखि भेरी अस्पतालमा एमडी/एमएसको पढाई हुने भएको छ