३ चैत्र २०८२, मंगलबार | March 17, 2026

लकडाउनको बेलामा चारा खान नपाउँदा एकहजार बढी सेतो परेवा मरे



लकडाउनको बेलामा चारा नपाएपछि अफगानिस्तानको एक मस्जिदमा पालिएका एक हजारभन्दा बढी सेतो परेवा परेका छन् ।

चर्चित मजार ए शरीफ मस्जिमा पालिएका हजारौं परेवाको मृत्यु भएको अफगानिस्तानका अधिकारीहरुले बताएका छन् । लकडाउन गरेसँगै मजार ए शरीफ मस्जिल बन्द रहेको छ । जसका कारण परेवा लगायतका पंक्षीले चारा खाना पाएका थिएनन् ।

१२औं शताब्दीमा बनेकोे यो मस्जिद निलो मस्जितको नामले पनि चिनिन्छ । किनकी यसको पत्थर निलो रंगको रहेको छ ।

मस्जिल रेखदेख गर्ने कायमु अन्सारीले एएफपीलाई बताएअनुसार दिनदिनै परेवा मरेका थिए । किनकी तिनीहरुलाई चारा दिने कोही पनि मस्जिदमा आउँदैनथे । उनले बताए, ‘हरेक दिन करिब ३० भन्दा बढी परेवा मर्दै गएका थिए । मैले मृत परेवालाई मस्जिद बाहिर गाडिदिन्थेँ ।’
अहिलेसम्म एकहजार भन्दा बढी चरा मरिसकेको उनले दाबी गरे ।

अफगानिस्तानमा लकडाउनसँगै बन्द भएका कैयौं धार्मिक केन्द्रमा यो मस्जिद पनि परेको थियो । अफगानिस्तानमा कोरोना भाइरसका संक्रमितको संख्या २१ हजार बढी पुगेको छ । तर, यसभन्दा धेरै संख्यामा संक्रमितहरु रहेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ७ : २४ बजे

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी