१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन सत्ता गठबन्धनबीच सहमति, डिजेल र पेट्रोलमा २५देखि ३० रुपैयाँ घटाउने तयारी



काठमाडौं । सत्तारुढ गठबन्धनले पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति गरेको छ ।

सत्ता गठबन्धनको आज बिहान बसेको बैठकमा बैठकमा पेट्रोलिय पदार्थमा लाग्दै आएको कर कटौती गरेर मूल्यघटाउने विषयमा सहमति भएको हो । यसरी कर घटाउँदा डिजेल र पेट्रोलमा २५ देखि ३० रुपैयाँ कटौती हुनेछ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार सरकारले डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म घटाउने तयारी गरेको छ ।

आजै मन्त्रिपरिषद् बैठक बोलाएर कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिन नेताहरु सहमत भएका हुन् । गठबन्धनको निर्देशनका आधारमा सरकारले शनिबारकै दिनदेखि पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गर्ने सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

पेट्रोलियम पदार्थमा अत्याधिक मूल्यवृद्धि हुँदा सबैतिर मूल्यवृद्धि भएको र त्यसबाट जनताको अवस्था संकटपूर्ण बन्दै गएको भन्दै नेताहरुले सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने धारणा राखेका थिए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मूल्यवृद्धि घटाउन राखेको प्रस्तावलाई सबै नेताहरुले समर्थन गरेका थिए ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १२ : ११ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम