२९ असार २०८३, सोमबार | July 13, 2026

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन सत्ता गठबन्धनबीच सहमति, डिजेल र पेट्रोलमा २५देखि ३० रुपैयाँ घटाउने तयारी



काठमाडौं । सत्तारुढ गठबन्धनले पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति गरेको छ ।

सत्ता गठबन्धनको आज बिहान बसेको बैठकमा बैठकमा पेट्रोलिय पदार्थमा लाग्दै आएको कर कटौती गरेर मूल्यघटाउने विषयमा सहमति भएको हो । यसरी कर घटाउँदा डिजेल र पेट्रोलमा २५ देखि ३० रुपैयाँ कटौती हुनेछ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार सरकारले डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म घटाउने तयारी गरेको छ ।

आजै मन्त्रिपरिषद् बैठक बोलाएर कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिन नेताहरु सहमत भएका हुन् । गठबन्धनको निर्देशनका आधारमा सरकारले शनिबारकै दिनदेखि पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गर्ने सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

पेट्रोलियम पदार्थमा अत्याधिक मूल्यवृद्धि हुँदा सबैतिर मूल्यवृद्धि भएको र त्यसबाट जनताको अवस्था संकटपूर्ण बन्दै गएको भन्दै नेताहरुले सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने धारणा राखेका थिए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मूल्यवृद्धि घटाउन राखेको प्रस्तावलाई सबै नेताहरुले समर्थन गरेका थिए ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १२ : ११ बजे

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस

सञ्चार क्षेत्रको अवस्था, चुनौती र आगामी दिशाबारे डिजिटल मिडिया ‘सोसाइटी’ सँग छलफल

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल मिडिया

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं