१६ बैशाख २०८३, बुधबार | April 29, 2026

मदन जयन्तीमा रुपन्देहीमा खेलकुद गतिविधि



बुटवल । ७१ औ मदन जयन्तीको अवसरमा रुपन्देहीमा विविध खेल गतिविधि शुरु भएको छ ।

कम्युनिष्ट नेता मदन भण्डारीको स्मृतिमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रको आयोजनामा बुटवलमा कलेजस्तरीय छात्रछात्रा भलिबल तथा चेस प्रतियोगिता शुभारम्भ गरिएको हो ।

बुटवलको सिद्धेश्वर माविको खेल मैदानमा एक समारोहका बिच पुर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतियोगिताको उद्घाटन गर्दै युवालाई खेलमाध्यमबाट अघि बढाएर देशको विकासमा लगाउन सकिने बताए ।

एमाले सरकारमा रहेका बेला एक वडा, एक खेल मैदान जस्ता खेल पुर्वाधार विकासका काम अगाडि बढाएको स्मरण गर्दै उनले खेलकुद पुर्वाधारमा धेरै कामहरु भएको दाबी गरे । खेल पर्यटनको सम्भावना नेपालमा रहेको उनले दाबी गर्दै खेल पर्यटनसंगै आर्थिक पाटोमा देशलाई फाईदा मिल्ने बताए ।

रुपन्देहीमा अन्तराष्ट्रियस्तरको ईन्डोर मैदानको अभावलाई पूरा गर्न आफू लाग्ने समेत प्रतिवद्घता जनाए । स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेल विकासमा आफुहरु संस्थागत रुपमा लागेको बताए । दिवसको अवसरमा पारेर सात वटा विद्यामा खेल प्रतियोगिताहरु देशका विभिन्न प्रमुख शहरहरुमा खेलाईएको उनले बताए ।

उद्घाटन सत्रमा आयोजना गरिएको मार्च पासमा कालिका मानव ज्ञान मावि उत्कृष्ट हुँदै नगद १० हजार रुपैयासहित ट्रफि प्राप्त गरेको छ । नवज्योति मावि सान्त्वना हुँदै २ हजार रुपैया नगदसहित ट्रफि प्राप्त गरेको प्रचार विभाग संयोजक अमृता अनमोलले बताईन ।

प्रतियोगिताको पहिलो दिन ५ वटा छात्रा र १ वटा छात्र गरि ६ वटा भलिबल खेलहरु सम्पन्न भएका छन । छात्रतर्फ भएको खेलमा गिवार्ण माबिले हरैया माबिलाई २-० को सोझो सेटमा पराजित गदै दोस्रो चरणमा प्रवेश गरेको छ ।

छात्रातर्फ नवज्योति मावि तिलोत्तमाले सगरमाथा इगलिस बोडिंङ स्कूललाई २-१ को सेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

यसैगरि कान्ति माविले सिद्धेश्वरी लालकुमारी माविलाई २-० को सोझो सेट, कुवरवर्ती बोर्डिङ स्कुलले सिद्धार्थ बोडिंङ स्कूललाई २-० को सोझो सेट, न्यु होराइजन माविले बुद्ध पब्लीक विद्यालयलाई २-० को सोझो सेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

भलिबलतर्फ छात्रमा १८ र छात्रामा ११ टिमले भाग लिएका छन । चेसमा एक सय बढिले भाग लिएका छन । बेष्ट अफ थ्रिको आधारमा नटआउट प्रतियोगितामा खेलाईएको हो ।

भलिबलतर्फ प्रथम हुने टिमले नगद ५० हजारसहित कप, मेडल, प्रमाणपत्र, द्घितिय टिमले नगद ३० हजार रुपैया, तृतिय टिमले नगद २० हजार तथा सान्त्वना टिमले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने भलिबल खेल संयोजक बुद्धि बश्यालले बताए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ७ : ०३ बजे

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात

सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह

काठमाडौँ । विपक्षी दलहरुले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न

ठेक्काको विवरण हेरफेर प्रकरण : आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ

काठमाडौँ । सार्वजनिक खरिद अनुमगन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच

अध्यादेश फिर्ता गर्न सरकारलाई नेपाल बारको आग्रह

काठमाडौं । आह्वान भइसकेको संघीय संसदको अधिवेशन स्थगित गराएर सरकारले