२६ बैशाख २०८३, शनिबार | May 9, 2026

पर्वतको मोदी गाउँपालिकाले सबै वडामा हेलिप्याड निर्माण गर्ने



पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिकाले सबै वडामा हेलिप्याड निर्माण गर्ने भएको छ । गाउँपालिका नागरिक बिरामी पर्दा र अन्य विपद्का घटनामा आकस्मिक उद्धार तथा राहत प्रदान गर्न सकियोस् भनेर गाउँपालिकाका आठवटै वडामा हेलिप्याड निर्माण गरिने भएको हो ।

गाउँपालिकाले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा सवै वडाको केन्द्रविन्दुमा एक–एक हेलिप्याड निर्माण गरिने भएको हो ।

पालिकाका आठवटै वडामा यातायाताको सुविधा पुगेको छ । त्यसमध्ये धेरैजसो वडामा पक्की सडकको समेत पहुँच रहेको छ । तर पनि विकट बस्तीमा आकस्मिक उद्धार र राहत तथा अन्य भैपरि आउने घटनाका लागि हेलिप्याड बनाउने कार्यक्रमलाई प्राथमिकताका साथ राखिएको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिए । उनका अनुसार उपयुक्त स्थानको छनोट गरेर आगमी आवभित्रै सबै वडामा हेलिप्याड बनाउन बजेटसमेत विनियोजन गरिएको जानकारी दिए ।

गाउँपालिकाले २० युनिटसम्मको विद्युत्को शुल्क व्यहोर्ने गरी रु १८ लाख विनियोजन गरेको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा उद्यमशीलताको विकास, स्वरोजगारमूलक कार्यक्रम, स्वरोजगार धितो कोष, बृहद् कृषि गुरुयोजना, प्राविधिक कृषि शिक्षा, कृषि एम्बुलेन्स, पाडापाडी संरक्षण, शीतभण्डार निर्माण, रैथाने बाली प्रवद्र्धन, कृषक राहत कार्यक्रमजस्ता कुरालाई प्राथमिकतामा राखिएको अध्यक्ष शर्माले बताए ।

गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको विकास र प्रवद्र्धन गर्न सङ्घ र प्रदेशसँग सहकार्य गरेर विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यसैगरी सबै वडामा बर्थिङ सेन्टर स्थापना, सुत्केरीसँग अध्यक्ष कार्यक्रम, गाउँपालिकाको केन्द्रमा बृहद् सार्वजनिक पुस्तकालयसमेत स्थापना गरिने भएको छ । त्यसैगरी दिदीबहिनीसँग अध्यक्ष कार्यक्रम, युवासँंग उपाध्यक्ष कार्यक्रमलगायतका नयाँ कार्यक्रमसमेत पालिकाले सार्वजनिक गरेको छ । बजेटअघि गाउँपालिकाका अध्यक्ष शर्माले प्रस्तुतत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतरूपमा पारित भएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ९ : १२ बजे

दुई तिहाइ सरकार वा महाभियोगको डरबाट मुक्त भएर अघि बढ्न न्यायकर्मीहरूलाई कामु प्रधानन्यायाधीसको आह्वान

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप