२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

महाकाली सन्धिको अढाइ दशकपछि मूल नहरमा पानी



महेन्द्रनगर । नेपाल–भारत एककृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ । विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट मूल नहरको काम प्रारम्भ भएको हो । भारतले नेपालको भूमिसम्म एक हजार २०० मिटर मूल नहर र हेडरेगुलेटरलगायत संरचना निर्माण गर्न झण्डै दुई दशक समय खर्चियो ।

केही समयअघि मात्रै भारतीय पक्षले सन्धि अनुसार बनाउनुपर्ने मूल नहर र संचरना तयार गरेपछि महाकालीको पानी मूल नहरमार्फत सिँचाइका लागि यहाँ आउने भएको हो । महाकाली सिँचाइ आयोजना तेस्रो चरणले यही असार १५ गते धान दिवसका अवसरमा मूल नहरमा पानी ल्याएर दिवस मनाउने तयारी गरिरहेको छ ।

भारतीय पक्षले भने मूल नहरअन्तर्गत आफूले निर्माण गरेको एक हजार २०० मिटर नहरमा पानी परीक्षण गर्न खोजिरहेको छ । “धान दिवसका दिन नहरमा पानी ल्याउने गरी भारतीय पक्षलाई पत्राचार गरेका छौँ”, आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनीयर शम्भु पण्डितले भने–“पानी ल्याउनेबारे छलफल र काम जारी छ ।”

भारतले निर्माण गरेको नहरमा पानी परीक्षण गर्न तीन÷चार दिन लाग्ने जानकारी गराएको पण्डितले बताउनुभयो । भारतीय नेसनल हाइड्रोपावर कर्पोरेशन ९एनएचपीसी०ले पानी परीक्षणको तयारी गरेको छ । महाकाली सिँचाइले यसअघि ब्रह्मदेवदेखि करिब १३ किलोमिटर मूल नहर निर्माण गरिसकेको छ । थप १५ किलोमिटर नहर निर्माण कार्य अन्तिम चरणमा छ ।

पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनामा परेपछि उक्त आयोजनाको सक्रियता झन् बढेको छ । “साढे १८ किलोमिटर मूल नहर तयार भइसकेको छ”, इञ्जिनीयर पण्डितले भने–“साढे १२ किलोमिटरमा गौजी खोलामा स्केप छ, त्यही लगेर पानी फाल्छौँ ।” मूल नहरको २८ किलोमिटर तयार हुन एक दशकभन्दा बढी समय खर्च भइसकेको स्थिति छ । निर्माणाधीन १५ किलोमिटर मूल नहर (शुक्लाफाँटा नगरपालिकाको टोटी फुलेली) सम्म तीन प्याकेजमा निर्माण भएपछि काम सम्पन्न हुनेछ । अहिले थप दश किलोमिटर मूल नहर निर्माणका लागि बोलपत्र प्रक्रिया समेत अघि बढेको पण्डितले जानकारी दिए ।

आर्थिक वर्ष २०७९÷८० का लागि सरकारले रु एक अर्ब २६ करोड विनियोजन गरेको आयोजनाले जनाएको छ । लामो समय मुआब्जा अल्झन्, रकम अभावलगायत कारणले नहर निर्माणमा ढिलाइ भएको थियो । पछिल्लो समय निर्माणले गति लिएको छ । मूल नहरसँगै करिब पाँच हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित शाखा नहर निर्माण प्रक्रिया अघि बढेको छ ।

आयोजनाले २२ शाखा नहर निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको छ । शाखा नहर निर्माणपछि भीमदत्त नगरपालिका, बेदकोट र शुक्लाफाँटा नगरपालिकाका केही क्षेत्रका किसानले सिँचाइ सुविधा पाउनेछन् । आयोजनाअन्तर्गत १५१ किलोमिटर नहर निर्माण भए कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रको ३३ हजार ५०० हेक्टर जमिनलाई सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ ।

हालसम्म आयोजनामा रु चार अर्ब खर्च भइसकेको छ । चुरेको फेदबाट निर्माण भइरहेको मूल नहरले कैलालीको मालाखेती र कञ्चनपुरको दक्षिण क्षेत्र पुर्नवासमा सिँचाइ पु-याउने लक्ष छ । सन्धिअनुसार भारतले दोधारा–चादँनी नगरपालिकामा समेत सिँचाइका लागि ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने हो । तर त्यहाँ पनि भारतले शारदा नहरबाट नेपाल–भारत सिमानासम्म बनाउनुपर्ने मूल नहर र संरचना निर्माणमा ढिलाइ गरेको छ । नहर बनाउने कुनै सुरसार छैन ।

कञ्चनपुरको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले महाकालीबाट पानी आए यहाँको उत्तरी भेगमा सिँचाइका लागि किसानलाई सहज हुने बताए । “बेदकोटको माथिल्लो भेगमा पनि मूल नहर निर्माणको काम चलेको छ”, उनले भने, “माथिल्लो क्षेत्रसँगै दक्षिणी क्षेत्रमा पनि सिँचाइ सुविधा पुग्छ ।” हालसम्म धानखेती गरिहेका किसान सिँचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । जिल्लामा ४८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १ : १६ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२