१० पुस २०८२, बिहिबार | December 25, 2025

माओवादी द्वन्द्वकालीन घटना अन्तर्राष्ट्रिय फौजदारी अदालत आकर्षित हुँदैन : देव गुरुङ



काठमाडौं । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले माओवादी द्वन्द्वकालीन घटनामा अन्तर्राष्ट्रिय फौजदारी अदालत आकर्षित हुन नसक्ने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले द्वन्द्वकालीन विषय राष्ट्रिय मुद्दा रहेको र यसलाई राष्ट्रिय स्तरमै समाधान खोज्नुपर्ने बताए । तर, राष्ट्रियस्तरमा समाधान गरिनुपर्ने द्वन्द्वकालीन मुद्दालाई केही संस्थाले डलरको खेती गरेर नेपालीबीच फाटो ल्याउने काम गरेको उनको भनाइ छ ।
‘नेपाल रोम विधानको सदस्यता लिएको छैन ।

यस कारण द्वन्द्वकालीन मुद्दामा अन्तर्राष्ट्रिय फौजदारी अदालत आकर्षित हुँदैन,’ गुरुङले भने, ‘यो राष्ट्रिय मुद्दा हो । राष्ट्रिय रुपमा व्यवस्थापन गरिनुपर्छ । राष्ट्रिय मुद्दा हुँदै हुँदै पनि कतिपय पश्चिमा डलरमा चलेका कतिपय मानवअधिकार नामका संस्थाहरुले जुन ढंगले खेती गरिरहेको छ, नेपालीहरुबीच मिल्न नदिने र द्वन्द्व व्यवस्थापन गर्न नदिने । दलहरुबीच मिल्न नदिने र देश सहज रुपमा अगाडि बढ्न नदिने प्रवृत्ति देशको स्वाधिनताको आत्मघाती कार्य हो । यो रोकिनुपर्छ ।’

द्वन्द्वकालीन घटना उचालेर नेताहरुको विदेश भ्रमणसमेत प्रभावित पार्न खोजेको भन्दै उनले आपत्ति जनाए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  २ : ४४ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन