२१ बैशाख २०८३, सोमबार | May 4, 2026

योगेशले गरे माधव नेपाललाई व्यङ्ग – दुईसय वर्षसम्म बाँच्नु, पदमा रहिरहनु !



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्ना पूर्व नेता एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुईसय वर्ष बाँचुन भन्दै व्यङ्ग गरेका छन् ।

पछिल्लो दुईदिनयता भट्टराई र नेपालबीच एकअर्कालाई आरोप प्रत्यारोप चलिरहेका बेला भट्टराईले पछिल्लो व्यङ्ग गरेका हुन् ।

दुई दिन अघि नेपालले एमालेमा रहेका १० भाइ दास भएको टिप्पणी गरेका थिए । त्यसपछि भट्टराईले आइतबार नेपाललाई उमेर पुगिसकेका कारण सन्यासी भएर बस्न चेतावनी दिएका थिए । तर, भट्टराईको चेतावनीप्रति एकीकृत समाजवादीका युवाले चर्को प्रतिवाद गरेपछि भट्टराईले सोमबार बिहानै आफ्नो प्रतिरक्षा गरेका हुन् ।

सामाजिक सञ्जालमा ‘कमरेड माधव नेपाल र म ’ शिर्षकमा लामो स्टाटस लेख्दै भट्टराईले नेपाललाई दुई सय वर्ष बाँचनु भन्दै शुभकामना दिएका छन् ।

भट्टराईले लेखेका छन्, – कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए । समाजबादीका युवाहरुको चित्त दुखेछ १ माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होईन । अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु – “कमरेड माधव नेपाल दुईसय बर्ष बांच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना ”

भट्टराईले यसअघि नेपालसँग आफ्नो सम्बन्धको उतारचढावका बारेमा पनि ११ बुँदामा प्रष्टिकरण दिएका छन् ।

१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।
२. वहाँमा थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै बिरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन र यो जारी रहने छ ।
३. नेकपा एमालेको पाँचौ महाधिवेशन (२०४९)मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी शुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौ ।
४. छैठौ महाधिवेशनमा वहाँ पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन ।
५. सातौँ महाधिवेशनबाट वहाँ पुन पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।
६. आठौ महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौ ।
७. नवौ महाधिवेशनमा वहाँ पुरनै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।
८। प्रधानमन्त्री केपी ओलीका बिरुद्धको अबिश्वास प्रस्ताबमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।
९. नेकपा एमालेको बिभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिने । त्यसमा मलाई पछुतो छैन ।
१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिब । वहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजिनामा गरिदिएं ।
११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई ब्यक्ती, घटना र बिषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यहि मार्क्सवादी दृष्‍टिकोणबाट हेर्ने गर्द्छु । म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होईन । पुनश्च: कमरेड माधव नेपालसंग सवाल जवाफ गर्नु मेरो मनसाय होईन ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ९ : २२ बजे

बागमतीका मुख्यमन्त्री बानियाँको घर-कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न

दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो

२८ नागरिक अगुवाको निस्कर्ष – बालेन्द्र सरकार सर्वसत्तावाद उन्मुख

काठमाडौं । २८ जना नागरिक अगुवाहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

राष्ट्रपतिबाट फिर्ता अध्यादेश पुनः जारी गर्न जस्ताको त्यस्तै सिफारिस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा