१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

प्रतिष्ठित व्यवसायी लगायत सबैको सुझावको आधारमा करको दररेट परिवर्तन भएको हो, राजीनामा दिन्न : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देश र जनताको पक्षमा आगामी आर्थिक वर्षको बजेट ल्याएकै कारण विपक्षलाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् ।

सोमवार राष्ट्रिय सभामा विनियोजित बजेटका विकासमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट देश र जनताको पक्षमा ल्याएको कारण विपक्ष दललाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका हुन् । शर्माले करका दर परिर्वतन भएको विषयमा आफू र सरकार जवाफदेही र जिम्मेवारसमेत रहेको बताए । मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीको व्यक्तिगत नभएर प्रतिष्ठित व्यवसायी, अर्थविद, नागरिक र सबै सांसदहरु सुझावको आधारमा ल्याएको दाबी गरे । उनले बजेट कार्यान्वयन गर्दा आयात प्रतिस्थापन, गरिबी हटाउने र मानव विकास सूचाङक वृद्धि गर्ने अंक नै बजेटमा समावेश गरिएको बताए । मन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा औधोकिकरण, उत्पादन र आयात प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्ने दाबी गरे ।

शमाले भने, ‘कार्यान्वयन गर्दै जाँदा लक्ष्य तोकेको छ । यति प्रतिस्थापन गर्ने,यति गरिबी हटाउने,मानव सूचाङक यति वृद्धि गर्ने भनेर तोकिएका आँकडाहरु छन । तोकिएका आँकडामा बजेट कार्यान्वयन हुने बाट भोलि देशको औद्योगिकरणमा आउने परिवर्तन, उत्पादन र प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्नेछ । जवाफ दिनेछ । सही थियो की गलत थियो त्यतिबेला पुष्टि हुनेछ । यति बेला मैले भन्न सक्ने कुराहरु होइन । यो बजेट अर्थमन्त्रीले व्यक्तिगत रुपमा होइन, यो देशमा प्रतिष्ठित व्यवसायीहरु, अर्थविदहरु, नागरिकहरु र सबै मान्य सदस्यज्युहरुको सुझावका आधारमा प्रस्तुत गरिएको हो । यो बजेट देश र जनताको पक्षमा ल्याएको कारणले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठदैमा त्यही गर्नुपर्छ भन्ने होइन । यो इतिहासले पुष्टि गर्ने छ । त्यसप्रति म जवाफदेही छु । मैले गरेका निर्णयहरुमा पूर्वरुपमा जवाफदेही छु । मैले त्यो जिम्मा लिएको छु । लिन तयार पनि छु । अहिलेको सरकार तयार छ ।’

अर्थमन्त्री शर्माले करका दर रेट घटाउने र बढाउने विषय अर्थमन्त्रीको क्षेत्र अधिकारको भएको बताए । उनले अर्थमन्त्रीले बजेट नल्याएर, करका दर रेटलाई घटबढ नगरेर अरु के गर्नु पर्ने थियो भन्दै प्रश्न गरे । मन्त्री शर्माले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा आर्थिक समृद्धि, आत्मनिर्भता, गरिब कम गर्ने र व्यवसायीक क्षेत्रलाई प्रोत्साहन गर्नेगरी ल्याउने अर्थमन्त्री अनैतिक नहुने बताए । उनले करका दर रेट घटाउनु र बढाउनु अर्थ मन्त्रालयको मुख्य काम भएको जिकिर गरे । मन्त्री शर्माले मुलुकको वर्तमान आर्थिक अवस्थालाई हेरेर करका दर घटाउन बढाउन आवश्यक रहेको बताउँदै करको दर रेट आवश्यकता अनुसार बढाउन र घटाउन दुवै पाइने दाबी गरे ।

उनले भने, ‘ बजेटका कार्यक्रम कार्यान्वयनको सन्दर्भमा सरकारका संरचनालाई सुदृढ गर्ने कानूनहरुलाई राम्रा बनाउने र सँगै आम जनतालाई बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहभागी गराउने बजेटले उल्लेख गरेको छ । करको दर रेटको सन्दर्भमा अर्थमन्त्रीले करको दर रेट घटायो बढायो भन्ने प्रश्न उठछ । करका दर रेट घटाउनु बढाउनु अर्थमन्त्रालयको मुख्य कुरा हो । उसले करका दर रेट घटाउँछ बढाउँछ । त्यो जरुरी र आवश्यक कुरा हो । तर त्यो बढाउँदा जनतालाई के भयो । देशलाई के भयो भन्ने कुरा हो । जनताले दैनिक उपभोग गर्ने उपभोग्य सामग्रीमा बढायो की ? देश र उद्योगलाई असर पर्ने गरी बढायो की भन्ने छलफलको विषय हो । बढाउन पाइँदैन बढाउन र घटाउन दुबै पाइन्छ । मन्त्रालयको बढाउने घटाउने काम र भित्रको अधिकार हो ।त्यसले देशलाई हित ग-यो की गरेन भन्ने प्रश्न हो । अहिलेको नीति तथा कार्यक्रम र बजेट जुन रुपले आएको छ त्यसले नयाँ समृद्धि , आत्मनिर्भता,गरिब तल्लो वर्गलाई समेटने गरी र व्यवसायीक क्षेत्रलाई प्रोत्साहन गर्ने गरी ल्याएको बजेट कसरी अनैतिक भयो अर्थमन्त्री ? यो प्रश्न आइरहेको छ । के अर्थमन्त्रीले बजेट नल्याएर,करका दर रेटलाई घटबढ नगरेर अरु के गर्नुपर्ने थियो त ? यो अधिकार क्षेत्र भित्रको कुरा हो । नेपाल सरकारको कार्यविधि र नियमावलीले दिएको कुरा हो । यसलाई कथा बुनेर अर्कोतिर लग्ने भन्दा पनि बजेट कार्यान्वयन जोड दिनु राम्रो हुन्छ ।’

अर्थमन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा सरकारका संरचनालाई सुदृढ गर्ने कानूनहरुलाई राम्रो बनाउने र सँगै आम जनतालाई बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहभागी गराउने विषय बजेटमा उल्लेख गरेको बताए ।

 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ४ : ४१ बजे

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्