५ पुस २०८२, शनिबार | December 20, 2025

अण्डर १८ इमरजिंङ स्टार क्रिकेट टुर्नामेन्ट : मदन भण्डारी ग्रिन विजयी



बुटवल । ७१ औं मदन जयन्तिको अवसरमा मदन भण्डारी मेमोरियल अण्डर १८ इमरजिंङ स्टार क्रिकेट टुर्नामेन्ट आइतबारदेखि भैरहवामा सुरु भएको छ । सोमबारको खेलमा मदन भण्डारी ग्रिन विजयी भएको छ। सिद्धार्थ रंगशालामा सोमबार भएको खेलमा मदन भण्डारी ग्रिनले मदन भण्डारी ब्लुलाई १५ रनको जित निकालेको हो ।

टस जितेर ब्याटिङ रोजेको ग्रिनले २५ ओभरमा सबै विकेट गुमाएर १ सय १० रनको लक्ष्य खडा गरेको थियो। उसका लागि सन्तोष यादव २२ बलमा १९ रन तथा सचिन १४ बलमा १४ रनको योगदान दिएका थिए। ब्लुका सागर गिरिले ५ ओभर बलिङ गर्दै २५ रन खर्चेर ३ विकेट लिएका थिए। यसैगरि प्रकाश गिरिले ४ ओभर बलिङ गर्दै १९ रन खर्चेर २ विकेट लिएका थिए।

मध्यम लक्ष्यलाई पछ्याएको ब्लुका ब्याट्सम्यानहरु २३ ओभरमा सबै बिकेट गुमाएर ९६ रनमा समेटिए। उसका लागि सुमित पराजुलीले १६ बलमा १६ रन तथा कमलेसले २५ बलमा १५ रनको योगदान दिएका थिए। कम स्कोरमा रोक्न ग्रिनका सन्तोष यादवले ५ ओभर बलिङ गर्दै १ मेडनसहित १० रन खर्चेर शानदार ४ विकेट लिएका थिए। यसैगरि निरजले २ ओभर बलिङ गर्दै ११ रन खर्चेर २ विकेट लिए। खेलमा ग्रिनका सन्तोष यादव म्यान अफ दि म्याचबाट पुरस्कृत भएका थिए। सिद्धार्थ रंगशालामा सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका ४ समूह सहभागी छन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ७ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको