७ चैत्र २०८२, शनिबार | March 21, 2026

नेपाली दूतावास लण्डनले दियो स्कटल्याण्डमा घुम्ती सेवा



लण्डन । लण्डनस्थित नेपाली दुतावासले स्कटल्याण्डमा संचालन गरेको घुम्तीसेवाबाट एक सय जना भन्दा बढीले सेवाग्राहीले सुविधा लिएका छन् ।

गैरआवासीय नेपाली संघ स्कटल्याण्डका अध्यक्ष काशीराम भण्डारीका अनुसार दुतावासले आइतवार र सोमवार गरि दुई दिन सो क्षेत्रमा घुम्तीसेवा संचालनमा ल्याएको थियो । गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदका उपाध्यक्ष उज्वल कार्कीका अनुसार एवर्डिनमा ४० जना र एडिनबरामा ६० जनाले दुतावासको सेवा लिएका थिए ।

नेपाली दुतावासको तर्फबाट रामबावु नेपालको नेतृत्वमा खटिएको ६ जनाको टोलीले पासपोर्ट, भिसा, एनआरएनए कार्ड लगायतको सेवा प्रत्यक्ष रुपमा प्रदान गरेको थियो ।

दुतावासले दिएको सेवाप्रति गैरआवासीय नेपाली संघ स्कटल्याण्डले आभार व्यक्त गरेकोछ ।
दुतावासको घुम्तीसेवा संचालन गर्न स्कटल्याण्ड पुगेको टोलीलाई अध्यक्ष भण्डारी, समाजसेवी घनश्याम भण्डारी, नविन क्षेत्री लगायतले महत्वपूर्ण सहयोग गरेका थिए ।

एनआरएनए स्कटल्याण्डको विधान संशोधनको तयारीे

यसैबीच गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदले आफ्नो विधान संशोधनको लागि सुझाव संकलन सुरु गरेको छ । सो विधान संशोधनको लागि आइतवार एक भेलाको आयोजना गरि सुझाव संकलन गरिएको विधान समितिको संयोजक उज्वल कार्कीले जानकारी दिए ।

एनआरएनए स्कटल्याण्डले संघको आइसीसी सदस्य, सदस्यता शुल्क, महाधिवेशन प्रतिनिधि, सदस्यता वितरण सम्बन्धी व्यवस्थामा व्यापक विधान संशोधनको तयारी गरेको छ ।

एनआरएनए स्कटल्याण्डका अध्यक्ष काशीराम भण्डारीको अध्यक्षतामा भएको भेलामा एनआरएनए यूकेका उपाध्यक्ष नारायण कंडेल, मोहन कार्की, एनआरएनए स्कटल्याण्डका संरक्षक भोला खनाल, घनश्याम भण्डारी, सुमि भण्डारी लगायतले आआफ्नो सुझाव दिएका थिए । कार्यक्रम संचालन मनिष खत्रीले गरेका थिए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ६ : ४० बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा