१८ माघ २०८२, आइतबार | February 1, 2026

नेपाली दूतावास लण्डनले दियो स्कटल्याण्डमा घुम्ती सेवा



लण्डन । लण्डनस्थित नेपाली दुतावासले स्कटल्याण्डमा संचालन गरेको घुम्तीसेवाबाट एक सय जना भन्दा बढीले सेवाग्राहीले सुविधा लिएका छन् ।

गैरआवासीय नेपाली संघ स्कटल्याण्डका अध्यक्ष काशीराम भण्डारीका अनुसार दुतावासले आइतवार र सोमवार गरि दुई दिन सो क्षेत्रमा घुम्तीसेवा संचालनमा ल्याएको थियो । गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदका उपाध्यक्ष उज्वल कार्कीका अनुसार एवर्डिनमा ४० जना र एडिनबरामा ६० जनाले दुतावासको सेवा लिएका थिए ।

नेपाली दुतावासको तर्फबाट रामबावु नेपालको नेतृत्वमा खटिएको ६ जनाको टोलीले पासपोर्ट, भिसा, एनआरएनए कार्ड लगायतको सेवा प्रत्यक्ष रुपमा प्रदान गरेको थियो ।

दुतावासले दिएको सेवाप्रति गैरआवासीय नेपाली संघ स्कटल्याण्डले आभार व्यक्त गरेकोछ ।
दुतावासको घुम्तीसेवा संचालन गर्न स्कटल्याण्ड पुगेको टोलीलाई अध्यक्ष भण्डारी, समाजसेवी घनश्याम भण्डारी, नविन क्षेत्री लगायतले महत्वपूर्ण सहयोग गरेका थिए ।

एनआरएनए स्कटल्याण्डको विधान संशोधनको तयारीे

यसैबीच गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदले आफ्नो विधान संशोधनको लागि सुझाव संकलन सुरु गरेको छ । सो विधान संशोधनको लागि आइतवार एक भेलाको आयोजना गरि सुझाव संकलन गरिएको विधान समितिको संयोजक उज्वल कार्कीले जानकारी दिए ।

एनआरएनए स्कटल्याण्डले संघको आइसीसी सदस्य, सदस्यता शुल्क, महाधिवेशन प्रतिनिधि, सदस्यता वितरण सम्बन्धी व्यवस्थामा व्यापक विधान संशोधनको तयारी गरेको छ ।

एनआरएनए स्कटल्याण्डका अध्यक्ष काशीराम भण्डारीको अध्यक्षतामा भएको भेलामा एनआरएनए यूकेका उपाध्यक्ष नारायण कंडेल, मोहन कार्की, एनआरएनए स्कटल्याण्डका संरक्षक भोला खनाल, घनश्याम भण्डारी, सुमि भण्डारी लगायतले आआफ्नो सुझाव दिएका थिए । कार्यक्रम संचालन मनिष खत्रीले गरेका थिए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ६ : ४० बजे

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर