२१ बैशाख २०८३, सोमबार | May 4, 2026

कम्युनिष्ट आन्दोलन धरासयी, आउँदो निर्वाचनमा कांग्रेसको बहुमत आउँछ : वामदेव गौतम



काठमाडौं । नेकपा राष्ट्रिय एकता पार्टी अध्यक्ष वामदेव गौतमले कम्युनिष्ट आन्दोलन धरासयी बनेको बताएका छन् ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलनमा बोल्दै आफूले जीवन समर्पित गरेको कम्युनिष्ट आन्दोलन धरायसी बनेपछि आफू नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेको बताए । गौतमले कम्युनिष्ट आन्दोलन धरायसी बनेपछि नयाँ राजनीति दल खोल्नुपरेको पनि बताए ।

आफूले नै निर्माण गरेको पार्टी र आन्दोलन धरासयी बनेको हेरेर बस्न नसक्ने भन्दै उनले गत स्थानीय तह निर्वाचनामा एमालेविरुद्ध पाँच दलीय गठबन्धन लागेको बताए ।

कम्युनिष्टबीच एकता तथा कार्यगत एकता भएन भने गठबन्धनका नाममा कांग्रेसले आगामी संघ र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका गौतमले यदी बहुतम ल्याएन भने प्रतिनिधिसभा र प्रदेशसमा कांग्रेस सबैभन्दा ठूलो दल हुने बताए ।

यसपछि पाँच वर्ष कांग्रेसकै नेतृत्वमा देशको संरचना रहने भन्दै उनले दोस्रो निर्वाचनमा कांग्रेसलाई गठबन्धनको आवश्यक नपर्ने बताए ।

यो स्थितिलाई नियन्त्रणमा लिन आफूले नयाँ दल घोषणा गरेको बताउँदै गौतमले कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताए ।

उनले आफ्नो छोरा र श्रीमती केन्द्रीय कमिटीमा रहनुलाई उनीहरूले गरेको कम्युनिष्ट आन्दोलनको परिणाम भएको बताएका छन् ।

पार्टी घोषणा कार्यक्रममा उनले आफ्नै श्रीमती र छोरा मात्रै भएर केन्द्रीय सदस्य नभको दाबी गरे । उनले भने, ‘उनीहरू केन्द्रीय कमिटीमा छन् तर मेरो श्रीमती र छोरा भएर मात्रै होइनन् । मेरो सिंगो परिवार कम्युनिष्ट आन्दोलनमा छ ।’

कार्यक्रममा उनले आफैले स्थापना गरेको कम्युनिष्ट पार्टीले धेरै ठूला नेता जन्माएको पनि बताए । साथै, आफ्नै सक्रियतामा निकै ठूला ठूला राजनीतिक परिवर्तन ल्याएको दाबी गरे ।

गौतमले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो।

साविक नेकपामा अन्तर्द्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रुपमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ४ : २५ बजे

खजुरा क्षेत्रको राजमार्ग फराकिलो बनाउन माग गर्दै स्थानीयबासीको ज्ञापनपत्र

खजुरा । बाँके खजुराका स्थानीयबासीले नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा

बुटवलमा दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगिता बैशाख २६ गतेदेखी

बुटवल । बीस पचहत्तर युवा परिवार बुटवलको आयोजनामा दोस्रो संस्करणको

संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

दाङ । लुम्बिनी प्रदेश सरकारले नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा