२० श्रावण २०८३, बुधबार | August 5, 2026

मनसुनजन्य विपद्बाट यसवर्ष कुन प्रदेश कति जोखिममा ?



काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष (२०७९ साल) मनसुनजन्य विपद्का घटनाबाट देशभर २० लाख जना प्रभावित हुने बताएको छ ।

बाढी, पहिरो, भारी वर्षा, डुबान लगायतका कारणबाट उक्त संख्यामा मानिसहरु प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

‘प्रारम्भिक रूपमा यसवर्ष मनसुनजन्य विपद्बाट १७ लाख जनसंख्या प्रभावित हुने अनुमान गरिएकोमा मनसुन नजिकिँदै जाँदा जिल्लागत र प्रदेशगत रूपमा गरिएको अध्ययन अनुसार लगभग २० लाख जनसंख्या र ४ लाख २१ अजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको छ,’ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले न्युज कारखानासँग भने ।

२०२० सम्म गृह मन्त्रालयको डिआरआर पोर्टल, विपद् पोर्टल, जलोत्पन्न प्रकोप विभाग र विश्व खाद्य कार््यक्रमबाट उपलब्ध तथ्याङ्कको आधारमा संयुक्त राष्टट्रसङ्घीय आवासीय प्रतिनिधिको कार्यलयको सहयोगमा २०७९ सालको मनसुनमा प्रभावित हुनसक्ने जनसङ््ख्ययाको आँकलन गरिएको उनले जनाए ।

विपद्का घटनाबाट सबैभन्दा बढी प्रदेश नं. १ मा ५ लाख ७० हजार २८४ र सबैभन्दा कम कर्णाली प्रदेशमा लगभग ५४ हजार ९५५ जना प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।

यसवर्ष मधेश प्रदेशमा ४ लाख ६५ हजार ४९५, बागमती प्रदेशमा १ लाख ४६ हजार ८२८, गण्डकी प्रदेशमा १ लाख १९ हजार १९८, लुम्बिनी प्रदेशमा ३ लाख ७९ हजार ९०२ र सुदूरपश्चिम प्रदेशमा २ लाख ६३ हजार ३१३ जना प्रभावित हुने अनुमान प्राधिकरणको छ ।

२०७९ सालको मनसुन जेठ १८ गतेबाट सुरू भई असोज १४ गतेसम्म रहने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । यस चार महिनाको मनसुनको अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने हुने सम्भावना रहेको छ ।

प्रदेश नं. १ का तराईका भूभागहरू, बागमती प्रदेशका उत्तर पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर पश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग गण्डकी प्रदेशका मध्य भूभाग र प्रदेश नं. १ को मध्य भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशको मध्य तथा पश्चिमी भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

प्रदेश नं. १ का उत्तरी भूभाग, बागमती प्रदेशका दक्षिणी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागहरूमा सरदर वर्षा हुने ३५ देखि ४५ प्रतिशत सम्भावना रहेको छ ।

त्यसैगरी यो वर्षको मनसुनको समयमा देशका अधिकांश भूभागमा अधिकतम तापक्रम औसत र औसतभन्दा कम हुने र अधिकांश भागमा न्यूनतम तापक्रम औसत तथा औसतभन्दा बढी हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ५ : ०३ बजे

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल