२० श्रावण २०८३, बुधबार | August 5, 2026

तीन महिनादेखि बिना हाजिर कर्मचारीलाई तलब



मुगु । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका पोष्टमा कार्यरत कर्मचारीहरूले गत वैशाखदेखि हाजिर नगरी तलब खाएका छन् ।

गत १ वैशाखदेखि नयाँ हाजिरी प्रयोग आउने व्यवस्था भएसँगै निकुञ्जमा र यसअन्तर्गतका ६ वटा निकुञ्ज सुरक्षार्थका लागी स्थापन गरिएका पोष्टका कर्मचारीलाई बिनाहाजिर तलब खुलाइएको हो ।

निकुञ्ज कार्यालयले गत चैत सकिएलगत्तै निकुञ्ज कार्यालयको स्टोर तथा जिन्सी शाखाले नयाँ हाजिरी फाइलको व्यवस्था गरी र मातहतका सबै पोष्टमा पठाई सक्नु पर्ने भए पनि तीन महिना बित्न लाग्दासमेत हाजिरी फाइलको व्यवस्था गर्न नसक्दा त्यहाँ कार्यरत कर्मचारीहरूको खातामा हाजिरी नगरी तलब जम्मा गरिदिएको हो ।

मासिक हाजिरी प्रतिलिपी उतार गरी सम्बन्धित् कार्यालयको प्रशासन शाखामार्फत कार्यालय प्रमुखले प्रमाणित गरि लेखा शाखाले कार्यरत कर्मचारीहरूको हाजिरीअनुसार सम्बन्धित् कर्मचारीको खातामा पाउनुपर्ने मासिक पारिश्रमिक तथा अन्य सुविधाको रकम जम्मा गरिदिनुपर्ने प्रावधान छ । तर, रारा राष्ट्रिय निकुञ्जले हाजिरी बिनानै जेठसम्मको तलब कर्मचारीहरूलाई खुवाएको हो ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालय र मातहतका ६ वटा पोष्टमा ५५ जना कर्मचारी कार्यरत छन् । उनीहरूले हालसम्म गत वैशाखदेखि हाजिर गर्न पाएका छैनन् ।

कार्यलय संरक्षण अधिकृत बद्रीविनोद दाहालका अनुसार एक हप्ता अगाडि हाजिर रजिष्ट्रर पठाइएको छ । मंगलबार ९आज०सम्ममा ती हाजिर रजिष्ट्रर सम्बन्धित् कार्यालयमा पग्ने उनको दाबी छ ।

हाजिरी उतारको प्रतिलीपी बिनै कर्मचारीको खातामा रकम जम्मा गर्न सम्बन्धित निकायबाट तोक भएअनुसार आफूले रकम जम्मा गरेको लेखापाल नरबहादुर डाँगीले बताए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ५ : ४२ बजे

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,