१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

गण्डकी सरकारले भन्योः ‘दुर्घटना कम गर्न ६ महिनामा गाडीको नवीकरण’



पोखरा । गण्डकी सरकारले आगामी वर्षदेखि गाडीको जाँचपास प्रत्येक ६ महिनामा गर्नुपर्ने नियम ल्याएको छ । बजेट भाषणसँगै सरकारले गाडीको वार्षिक कर बृद्धी गरी हरेक ६ महिनामा जाँचपासको ब्यवस्था ल्याएको हो ।

संचार माध्यममा सरकारको उक्त निर्णयको समाचार आएपछि दुर्घटना न्यूनिकरण गर्नका लागि यस्तो व्यवस्था ल्याएको सरकारले जनाएको छ । मंगलबार एक विज्ञप्ती जारी गरि अर्थ मन्त्रालयका प्रबक्ता बसन्तराज तिवारीले दुर्घटना कम गर्न र वातावरणीय प्रदुषण घटाउने उद्देश्यले नयाँ व्यवस्था गर्न लागिएको बताए ।

‘जाँचपास वार्षिक रुपमा गर्ने गरी दस्तुर १ हजार लाग्ने व्यवस्था भएकोमा अब अर्धवार्षिक रुपमा ५ सय रुपैयाँ दस्तुर लाग्ने गरी जाँचपासको व्यवस्था गरिएको हो । यसबाट थप शुल्क तिर्नुपर्दैन,’ उनले विज्ञप्ती मार्फत भनेका छन्, ‘अर्धवार्षिक रुपमा गरिने परीक्षणले दुर्घटना न्युनिकरण, नागरिकको सुरक्षा र वातावरण संरक्षण हुने तथ्यलाई मध्यनजर गर्न जरुरी देखिन्छ । सवारी साधनको नविकरण भने वार्षिक रुपमा एक पटक हुने छ ।’

उनले संचार माध्यममा आएका समाचारहरु भ्रम रहेको भन्दै विश्वास नगर्न आग्रह गरेका छन् । सवारी साधनको जाँचपास नागरिक सुरक्षासँग जोडिएकोले उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको सरकारले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ६ : ४८ बजे

भैरहवाको सिद्धार्थ भिलासा अव पाँच तारे सुबिधा सहित

भैरहवा । २६ बर्षको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले

तिब्बतमा सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

ल्हासा । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय