२६ बैशाख २०८३, शनिबार | May 9, 2026

कटारीको तिल्केचौरमा जमिन भासिँदा १७ घर जोखिममा, बस्ती स्थानान्तरणको माग



उदयपुर । निरन्तरको वर्षासँगै उदयपुरको कटारी नगरपालिका-१० तिल्केचौरमा बस्ती भन्दा २ सय मिटर माथिको पहाड धाँजा परेर जमिन भासिन थालेपछि १७ घर परिवार उच्च जोखिममा परेको छ ।

उदयपुरको कटारी नगरपालिका-१० तिल्केचौर बस्ती निरन्तरको वर्षातसँगै पहिरोको उच्च जोखिममा परेको हो । बस्ती माथिको जमिन धाँजा परेर भासिँदै गएपछि तिल्केचौर पहिरोको उच्च जोखिममा रहेको छ ।

बस्ती भन्दा करिब २ सय मिटर माथि लामो धाँजा परेर जमिन भासिएको छ । जमिन भासिँदै जाँदा तिल्केचौरका १७ परिवार त्रासमा छन् ।

जमिन भासिँदा स्थानीयबासी डाकबहादुर थापा, दिलबहादुर थापा, बालकृष्ण थापा, मानकुमारी कार्की, मिनबहादुर थापा, भुपेन्द्र बगाले थापा, केशब बस्नेत, लालबहादुर थापा, यज्ञबहादुर थापा, दुर्गाबहादुर थापा, रमेश थापा, लिलबहादुर थापा र अशोक बिष्टको घर उच्च जोखिममा रहेको कटारी नगरपालिका-१० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले जानकारी दिए ।

तिल्केचौरको १७ घर रहेको बस्ती जताततै भासिएको छ,’ वडाध्यक्ष खड्काले भने, ‘त्यसमध्ये पनि बालकृष्ण, डाकबहादुर, मिनबहादुर, यज्ञबहादुर र भूपेन्द्रको घर पूर्ण जोखिममा छ । बस्ती भन्दा माथिबाटै जमिन भासिएकोले पहिरोको जोखिम बढी रहेको उनले बताए । जमिन भासिँदा सिंगो बस्ती पहिरोको उच्च जोखिममा छ,’ वडा सदस्य समेत रहेका दिलबहादुर थापाले भने, वर्षातको समय भन्दा अगाडी नै पानी परि रहेका कारण पहिरो उच्च जोखिम बढेको हो । कुनै पनि समय पहिरो जान सक्ने अवस्था रहेको उनले बताए ।

अघिल्लो वर्ष कटारी नगरपालिकाको कार्यपालिका बैठकले नगरको वडा नम्बर १० मा १७ घर धुरी विस्थापित हुने अवस्थामा पुगेकाले भूगर्भविद् झिकाएर बस्न नसक्ने अवस्था आए नगरपालिकाले बसोबास योग्य उपयुक्त स्थानमा बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको थियो । तर त्यो निर्णय कार्यान्वयन हुन सकेको छैनन् । कोरोना कहरसँगै लगायतको कारण देखाएर नगरपालिकाले निर्णय कार्यान्वयन हुन नसकेको बताए ।

निरन्तर परेको वर्षातसँगै तिल्केचौरबासी अहिले त्रासमा छन् । नगरपालिकाले तत्काल भूगर्भविद झिकाएर अध्यायन गराउने भनिए पनि कोरोना कहरले गर्दा सम्भब नभएको बताए ।

तिल्केचौरबासीमा पहिरोको त्रास कायम रहेको वडाध्यक्ष खड्काको भनाई रहेको छ । भूर्गभविद ल्याउने निर्णयसँगै बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थानको खोजीमा लागेको लागी नगरपालिकाले अघिल्लो वर्ष निर्णय भएको थियो । तर कार्यान्वयन हुन सकेनन् । हामी निर्बाचित भएर आएकाछौं अघिल्लो निर्णय बमोजिम के गर्न सकिन्छ त्यसका लागि पहल हुने वडाध्यक्ष खड्काले बताए ।

 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ६ : ५१ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु