४ असार २०८३, बिहिबार | June 18, 2026

नबिल दिगो बैंकिङको बार्षिकोत्सवमा नबिल ग्रिन वीक मनाइदै



काठमाडौ । ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्धन एवम् नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकाष लक्ष्यलाई सघाउने उद्देश्यका साथ २०७८ धान दिवसको दिन प्रारम्भ गरिएको ‘नबिल दिगो बैंकिङ’ले आज एक वर्ष पूरा गरेको छ ।

उक्त एक वर्षमा नबिल बैंक मात्र नभएर सिङ्गै नेपाली बैंकिङ जगतमा ‘नबिल दिगो बैंकिङ’ एक नवीन पहलको रूपमा स्थापित भएको बैंकको ठहर रहेको छ ।

आफ्नो प्रारम्भिक कालबाटै हाइड्रोमा लगानी गर्ने देखि लिएर सहुलियत कर्जा प्रदान गर्नाका साथै सामाजिक वातावरण तथा उत्तरदायित्वका क्षेत्रमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आइरहेको नबिलले हालसम्म नेपालको विभिन्न भू–भागमा तथा वित्तीय क्षेत्र उल्लेखनीय सफलताहरू हात पारेको बैंकले जनाएको छ । बैंकले ‘नबिल दिगो बैंकिङ’ अन्तर्गत वित्तीय पहुँच न्यून भएका आम जनतालाई लक्षित गर्दै दुई किसिमका नबिन कर्जाः ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ ल्याएको छ ।

आफ्ना १७ दुर्गम शाखाबाट सुरु गरेको यस कर्जा अन्तर्गत २०७९ जेष्ठ मसान्तसम्म कुल ५७१ किसान तथा साना उद्यमीलाई करीब ४१ करोड कर्जा उपलब्ध गराएको र ती मध्ये करीब ६००० महिलाहरू रहेका बैंकले जानकारी दिएको छ ।

यसै गरी ‘नबिल दिगो बैंकिङ’का उद्देश्यहरू मध्ये वातावरण र सामाजिक सरोकार र सम्र्बधन एक अत्यन्तै महत्वका साथ अगाडि बढाइरहेको उद्देश्य रहेको बैंकले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ५ : २० बजे

इन्जुरी समयमा यिरेन्कीको निर्णायक गोल, पानामामाथि घानाको संघर्षपूर्ण जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईका केही स्थानमा तातो दिन रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले

नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा

मुग्लिन । नारायणगढ-मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

धरान । साँझ पर्न थालेको छ । सवारीहरु भेडेटार चोकमा

ह्यारी केन चम्किए, क्रोएसियामाथि ४-२ को जितसँगै इङ्गल्यान्डको विजयी सुरुवात

काठमाडौं । कप्तान ह्यारी केनको दुई गोल प्रेरित प्रदर्शनमा इङ्गल्यान्डले