३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

लुम्बिनी प्रदेश सरकारको आ.व. २०७९/०८० को बजेट प्रदेशसभाबाट पारित



बुटवल । लुम्बिनी प्रदेश सरकारले आव २०७९र८० का लागि प्रस्ताव गरेको बजेट प्रदेशसभाबाट पारित भएको छ । असार १ गते प्रस्तुत बजेट विभिन्न चरणको छलफलका साथ आज प्रदेश सभाबाट पारित भएको हो । आर्थिक वर्ष २०७९।०८० को लागि रु. ४२ अर्ब ६३ करोड ७ लाख, कुल विनियोजनमध्ये चालु खर्चतर्फ रू १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार कुल बजेटको ३१.२६ प्रतिशत‚ पुँजीगत खर्चतर्फ रू २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार कुल बजेटको ५७.४१ प्रतिशत रहने अनुमान गरिएको छ । वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रू ४ अर्ब ८३ करोड लाख, कुल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११.३३ प्रतिशत रहने गरी प्रस्ताव गरिएको छ ।

बजेटको छलफलका क्रममा संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशका जनताको समृद्धिका लागि नै आगामी वर्षको बजेट प्रस्ताव गरिएको बताए । उनले लुम्बिनी प्रदेशका जनतालाई समृद्धीका लागि योजना निर्माण गरिएको बताउँदै त्यसमा सबैले सहयोग गर्नका लागि अपिल गरे ।

उनले प्रदेश सरकारको आफ्नो नीति तथा कार्यक्रमहरु विचार दृष्टिकोण अनुसार बजेट सबैको साझा बनाउने प्रयत्न गरेको उल्लेख गर्दै माननीयहरुले आफ्नो दायित्व सम्झेर पारित गरि दिनका लागि आग्रह गरे ।

संसदमा जवाफ दिँदै आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्काले जनताको जीवन स्तर परिवर्तन गर्नका लागी नै बजेटमा संम्वोधन गरिएको दाबी गरे । उनले लुम्बिनी प्रदेशका आम जनताहरुलाई समृद्धि गर्नका लागि विभिन्न कार्यक्रम बजेटमा समावेश गरिएको जनाउँदै बजेट पारित गरेर सबैले साझा अभियानको रुपमा कार्यान्वयनमा अगाडि बढ्न अपिल गरे ।

यस्तै आज प्रदेश सभाबाट प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चार विधेयक समेत पारित भएको छ । सो कानून समितिका सभापति दामाकुमारी शर्माले सभामा प्रस्तुत गरेकी थिइन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ६ : ०८ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६