२० श्रावण २०८३, बुधबार | August 5, 2026

विशेष क्रिकेट क्याम्प सम्पन्न



बुटवल । देविनगरस्थित बेष्टर्न क्रिकेट एकेडेमीमा संचालन भएको एक हप्ते विशेष क्रिकेट क्याम्प सम्पन्न भएको छ । भारत मेघालय यु–१९ को प्रमुख कोच आईसिसि लेभल २ कोच एस पि यादवले खेलाडीहरुलाई एक हप्तासम्म क्याम्पमा प्रशिक्षण दिएका छन ।

समापन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा देवि अर्यालले सम्बोधन गर्दै खेल पुर्वाधार र खेलाडीको विकासमा नगरबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाईन् ।

क्याम्पका प्रशिक्षक आईसिसि लेभल २ कोच एस पि यादवले नेपाली युवा क्रिकेटरहरुमा धेरै सम्भावना देखेको बताए । हरेक खेल सिक्न खेलाडीमा लगन र निरन्तरता जरुरी रहने भन्दै उनले नेपाली खेलाडीमा क्रिकेट सिक्ने चाहना भेटेको बताए ।

कार्यक्रममा वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल क्रिकेट संघका सचिव प्रशान्तबिक्रम मल्ल, रुपन्देही जिल्ला क्रिकेट संघका कोषाध्यक्ष निरजप्रताप मल्ल, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष सोहन श्रेष्ठले खेल विकासमा सबैको क्षेत्रबाट हातेमालो जरुरी रहेको बताए ।

एकेडेमीका अध्यक्ष भुवन पाण्डेले क्रिकेट खेलप्रति रुचि भएका खेलाडीहरुलाई लक्षित गरि
नियमित वार्षिक कार्यक्रम अनुसार प्रशिक्षण कार्यक्रम गरेको बताए । कोभिड संक्रमणका कारण दुई वर्ष स्थानियस्तरमा नै प्रशिक्षण गरिदै आएको भएपनि अन्तराष्ट्रिय कोचबाट गरिने क्याम्पबाट खेलाडी पहिचान गरि अगाडी बढ्न मद्यत मिल्ने उनले बताए । एकेडेमीमा ४५ जना खेलाडीहरु प्रशिक्षण लिएका थिए ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ७ : १७ बजे

कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई उपस्थित हुन पत्राचार

काठमाडौं । कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालि (उद्योग)लाई छलफलका लागि उपस्थित

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा

राष्ट्र बैंकले ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक