२७ भदौ २०८३, शनिबार | September 12, 2026

काठमाडौं र मुस्ताङमा १३ र १६ वर्षिया किशोरीमाथि बलात्कार



काठमाडौं । काठमाडौं र मुस्ताङमा १३ र १६ वर्षिया किशोरीमाथि बलात्कार भएको छ । दुबै स्थानमा बलात्कारमा संलग्न अभियुक्तहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंको किर्तिपुरमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको छ ।

उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उता मुस्ताङमा पनि १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनी बस्ने शेरथाङ सेल्फी डाडाँस्थित थेसाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय दिन्डुक छिरिङ गुरुङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई आफ्नै रेष्टुरेन्टमा गुरुङले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  १ : ५४ बजे

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी