२४ बैशाख २०८१, सोमबार | May 6, 2024

काठमाडौं र मुस्ताङमा १३ र १६ वर्षिया किशोरीमाथि बलात्कार



काठमाडौं । काठमाडौं र मुस्ताङमा १३ र १६ वर्षिया किशोरीमाथि बलात्कार भएको छ । दुबै स्थानमा बलात्कारमा संलग्न अभियुक्तहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंको किर्तिपुरमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको छ ।

उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उता मुस्ताङमा पनि १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनी बस्ने शेरथाङ सेल्फी डाडाँस्थित थेसाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय दिन्डुक छिरिङ गुरुङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई आफ्नै रेष्टुरेन्टमा गुरुङले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  १ : ५४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : बाग्मतीसहित तीनवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ