६ श्रावण २०८३, बुधबार | July 22, 2026

९४ किलो चाँदीका पाउजुसहित भारतीय नागरिक पक्राउ



सप्तरी । सशस्त्र प्रहरी सीमा सुरक्षा बलले चाँदीका तयारी गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बलको बीओपी स्वर्णपट्टीबाट खटिएको टोलीले बोदेबर्साइन नगरपालिका– ९ स्थित इँटा भट्टा नजिकबाट भारतको बिहार राज्य मधुवनी जिल्ला खुटौना ग्राम पञ्चायत– ११ कामट टोलका २२ वर्षीय वशिष्ठ चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीको साथबाट चार लाख ३८ हजार ९५७ रूपैयाँ बराबरको २८ जोडी ९४ किलो चाँदीको तयारी पाउजु बरामद गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी उपरीक्षक प्रदीप खडकाले जानकारी दिए ।

चौधरीले कम्मरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा शंका लागेर जाँच गर्दा अवैध गहना फेला परेपछि बरामद गरिएको खडकाको भनाइ छ ।

चौधरीलाई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ९ : २१ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क