१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

हिमपातले मनाङमा यार्सा संकलन प्रभावित



लमजुङ । हिमपातले मनाङमा यार्सा संकलन प्रभावित भएको छ । यार्सा संकलन सिजन सुरु भएसँगै लेक गएका यार्सा संकलकहरू हिमपातका कारण ओडारमा बसेका छन् । केही दिअघिदेखि वर्षासँगै परेको हिमपातले यार्सा संकलनमा समस्या भएको मनाङ नासोंका विष्णु घलेले बताए ।

यार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत २३ चैतमा बसेको बैठकले स्वीकृति दिएपछि मनाङीसँगै गोरखा, लमजुङका स्थानीय पनि यार्सागुम्बा संकलन गर्न मनाङको लेकमा पुगेका थिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार मनाङभरि करिब एक हजार पाँच सयदेखि दुई हजार जनाको हाराहारी संकलक लेकमा पुगेका छन्  । चार हजार पाँच सय मिटरमाथि हिमपात हुनसक्छ । त्यही ठाउँमा यार्सा पाइन्छ । लेकमा हिमपात भएकाले यार्सा संकलक प्रभावित भएको हुन सक्ने उनले बताए । यार्चा संकलनका लागि बाहिरी जिल्लाका मात्रै नभएर मनाङी पनि लेकमा पुगेका छन् । संकलकलाई एक्याप मातहतको संरक्षण क्षेत्र व्यवस्थापन समितिले पुर्जी जारी गर्ने गरेको छ ।

गत वर्ष स्थानीय र जिल्लावासीले मात्रै यार्सा टिपेका थिए भने त्यसअघिको वर्ष कोरोना संक्रमण जोखिमका कारण यार्चा संकलन बन्द थियो । संकलन गर्न आउनेका लागि स्थानीयलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ तोकेको छ । जिल्लावासीलाई १५ हजार रुपैयाँसम्म र जिल्ला बाहिरका व्यक्तिलाई २० हजार रुपैयाँ तोकेको छ । कतिपय लेकमा प्रतिव्यक्ति ३५ हजारसम्म लिने गरेको यार्सा संकलकहरू बताउँछन् ।

एक्यापका अनुसार गतवर्ष ८१ किलो यार्चा संकलन भएकामा २४ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको तुलनामा यस पटक बढी संकलन हुने अपेक्षा छ । मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकहरूले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान छ ।

मनाङको नाम्ग्य खर्क, किचो लेक, यक खर्क, घुम्रे लेक, पिसाङ लेक, नाप्ले लेक, फुकु लेक लगायतका लेकहरु यर्सागुम्बा बढी पाइने स्थानमा पर्दछन् । जिल्ला भित्र यार्सागुम्बाको सिजन सुरु भएसंगै सुरक्षा ब्यबस्थामा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी प्रेमसागर केसीले बताए ।

मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बाको लागि उपयुक्त सिजन हाे । यार्सागुम्बा खोज्ने क्रममा ०६६ सालमा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयवासीले हत्या गरीदिएपछि मनाङको साविकको नार र फु गाबिसमा यार्सा संकलन रोकिएको थियो । नार घटनापछि एक्याप मनाङले यार्सा संकलनलाई व्यवस्थित बनाउन थालेको छ । चार वटा स्थानीय तह रहेको रहेको मनाङमा धारापानी र थोंचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  २ : ३६ बजे

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो