७ पुस २०८२, सोमबार | December 22, 2025

भोलिदेखि बुटवल १२ ढवाहामा रमाइलो मेला सञ्चालन हुँदै



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ ढबाहमा भोलीदेखि रमाइलो मेला सञ्चालन हुने भएको छ ।

जय माता दि एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले बुटवल-१२ ढबाहामा रहेको पीस पार्कमा रमाइलो मेला गर्न लागेको हो ।

पीस पार्क क्षेत्रको प्रचारप्रसार गर्दै संस्कृति संरक्षणको लागि मेला आयोजना गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रालिका प्रबन्ध निर्देशक राजवीर जैसवालले बताए ।

२९ गतेसम्म चल्ने मेलामा ७० भन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारहरुकोको प्रस्तुति रहने जैसवालले जानकारी दिए । मेला सम्पन्न गर्न ४० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । मेलामा ८० भन्दा बढी स्टलहरू रहनेछन् ।

डेढ लाख दर्शकले मेला अवलोकन गर्ने आयोजकको दावी छ । मेलाको सहयोगीमा बुटवल उपमहानगरपालिका, मनकामना युवा क्लव, बुटवल वडा न १२ कार्यालय, ग्लोबल पीस पार्क रहेका छन् ।

सो अवसरमा मनकामना युवा क्लवका सल्लाहकार मधु पुलामीले ढबाहामा पहिलोपटक आयोजित मेलाले त्यस क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष दीपक पुन, सल्लाहकार ढुण्डीराज खनाल, किरण खनाल लगायतले बोल्दै पहिलोपटक हुन लागेको मेला सफल बनाउन सबैको सहयोग रहने बताए ।

 

 

 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ७ : २३ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र