१६ बैशाख २०८३, बुधबार | April 29, 2026

मकवानपुर गोल्डकप आजबाट, उद्घाटन खेलमा सिमरा र सर्लाही भिड्ने



हेटौंडा । स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता २०७९ आजदेखि हेटौंडामा हुँदै छ । मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंंगशालामा प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको संघका महासचिव छवि सुवेदीले जानकारी दिए । यही जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमरा र बाग्मती युवा क्लब सर्लाही भिड्नेछन् ।

प्रतियोगितामा नव जनजागृति र बाग्मतीसँगै विभागीय क्लबह नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस् क्लब, खुमलटार युथ क्लब, विजय युथ क्लब हेटौंडा, चितवन-११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो वर्षको भन्दा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको छ । अघिल्लो वर्ष विजेताले १० र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गरेका थिए ।

प्रतियोगिताका लागि करिब एक करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महासचिव सुवेदीले बताए । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतियोगिताको उद्घाटन गर्नेछन् । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन भएको थियो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिए ।

अघिल्लो वर्षझैं यस वर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडा स्कुल अफ म्यानेजमेण्टका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् ।

प्रतियोगिता हेर्नका लागि पहिलो चरणको खेलमा एक सय रुपैयाँ, सेमिफाइनलमा दुई सय रुपैयाँ र फाइनल खेलमा २५० रुपैयाँ टिकट मूल्य तोकिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ९ : २६ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात