२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

मकवानपुर गोल्डकप : मनाङलाई हराउँदै पुलिस सेमिफाइनलमा



हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन भैरहेको चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

राष्ट्रिय टिमबाट बाहिर परेका, नाम चलेका खेलाडीले भरिएको मनाङलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लव हेटौंडामा जारी मकवानपुर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको हो ।

अन्जन बिष्ट, विमल घर्ती मगर, सुजल श्रेष्ठ, दिनेश राजवंशी, विशाल श्रेष्ठ लगायतका चल्तीका खेलाडी लिएर मैदान प्रवेश गरेको मनाङलाई पुलिसले १-० गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

खेलको ३४ औं मिनेटमा भरत शाहले गरेको गोल नै पुलिसको जितमा निर्णायक बन्यो । ४१ औं मिनेटमा मनाङले बराबरी गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न सकेन ।

पुलिसका अजित भण्डारीले विमल घर्ती मगरलाई डीबक्स क्षेत्रमा लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । अन्जन बिष्टको पेनाल्टी प्रहारलाई पुलिसका गोलरक्षक सत्रुघन चौधरीले बचाएका थिए । त्यसपछि मनाङले लगातार आक्रमण गरेपनि पुलिसका गोलरक्षक चौधरी बाधक बनेका थिए । खेलको म्यान अफ द म्याच उनै गोलरक्षक चौधरी भए ।

उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । जारी प्रतियोगितामा बुधबार मकवानपुरको विजय यूथ नव जनजागृति क्लव सिमराको खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भैरहेको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करण यही जेठ ३० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा १२ क्लवको सहभागिता छ । मनाङ मस्र्याङ्दी सँगको खेलमा नेपाल पुलिस क्लबको प्रशिक्षक र खेलाडी गरी तीनजनाले रातो कार्ड पाएका छन् । प्रशिक्षक अनन्तराज थापा तथा खेलाडी हेम तामाङ र हेमन्त श्रेष्ठले रातो कार्ड पाएका हुन् । श्रेष्ठले मैदान प्रवेश नगर्दैै रातो कार्ड पाएका हुन् ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ६ : १५ बजे

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै

वर्षमानको चेतावनी – ‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्नुस्’

काठमाडौं । नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारलाई

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त