१२ बैशाख २०८१, बुधबार | April 24, 2024

मकवानपुर गोल्डकपको उपाधि आर्मीलाइ



हेटौंडा । साविक विजेता त्रिभुवन आर्मी क्लबले घरेलु टोली विजय यूथ क्लबलाई हराउँदै मकवानपुर गोल्डकपको उपाधि उचालेको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सम्पन्न चौथो स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकको उपाधि आर्मीले जितेको हो ।

हेटौंडा-५ स्थित पिप्ले-क्याम्पा रंगशालामा सोमबार भएको फाइनल भिडन्तमा आर्मीले घरेल टोली विजय यूथलाई २-१ गोलअन्तरले हराउँदै उपाधी जितेको हो ।

आर्मीले यसअघिको संस्करणमा पनि घरेलु टोलीलाई हराउँदै उपाधी जितेको थियो । आर्मीको लागि कप्तान भरत खवासले खेलको १४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको २५ औं मिनेटमा विजय यूथका डोना थापाले पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । आर्मीका डिफेन्डरले पेनाल्टी क्षेत्रमा विजय युथका विमल रानालाई लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै डोना थापाले खेललाई बराबरीमा ल्याएका हुन् ।

५० औं मिनेटमा आर्मीका कमलबहादुर थापाले गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए । खेलको ५५ औं मिनेटमा आर्मीले पेनाल्टीको अवसर पाएको थियो । विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले आर्मीका सन्तोष केसीलाई लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । पाएको पेनाल्टी दिनेश हेन्जनले गोल गर्न नसक्दा आर्मी अग्रता बढाउनबाट चुक्यो ।

उपाधि जितेसँगै आर्मीले १५ लाख रुपैयाँसहित ट्रफी प्राप्त ग¥यो । विजय यूथले भने १० लाख रुपैयाँमा नै चित्त बुझाउन बाध्य भएको छ । जेठ १९ गतेबाट सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो । आर्मीले क्यामरुनको एभिनियर एफसी र विजय यूथले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ६ : ५५ बजे

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको

आजको मौसम : केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न