१४ बैशाख २०८३, सोमबार | April 27, 2026

बढ्दो व्यापार घाटा घटाउन बजेटले सही दिशा समातेको छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले आ.व. २०७९/८० को बजेटले व्यापार घाटा घटाउनका लागि सही दिशा पक्रेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आ.व. २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै सांसद थापाले व्यापार घाटा कम गर्न उत्पादकत्व बढाउनुपर्ने उल्लेख गर्दै बजेटमा उत्पादनको स्पष्ट दृष्टिकोण प्रस्तुत भएको बताएका हुन् । थापाले बजेटले उपयुक्त प्राथमिकता, गति र दृष्टिकोण समातेको जिकिर गरे । उनले कृषिलाई प्राथमिकता दिएर स्रोत विनियोजन पनि ठिक ढंगले भएको उल्लेख गरे । उनले भने, – ‘व्यापार घाटा कम गर्न उत्पादन बढाउनुपर्ने छ । उत्पादकत्व बढाउनुपर्ने छ । त्यसैले आयातबाट उत्पादनतर्फको स्पष्ट दृष्टिकोणका साथ अर्थमन्त्रीले ल्याउनुभएको बजेटले उपयुक्त प्राथमिकता, गति, दृष्टिकोण समातेको छ । उत्पादनमा आधारित अर्थतन्त्र भनेर यसले उद्देश्यपनि स्पष्ट लिएको छ । यसको लागि प्राथमिकतामा कृषि नै रहनुपथ्र्यो । स्रोत विनियोजन पनि ठिक छ । उपयुक्त कार्यक्रमहरु छनौट भएको छ । मुलत ः व्यापार घाटा घटाउने कुराको सन्दर्भमा यसले सही दिशा पक्रेको छ ।’

सांसद थापाले बजेटमा नीजि क्षेत्रको संस्थागत मागहरुलाई सम्बोधन गरिनुले अर्थतन्त्रलाई थप चलायमान बनाउने बताए । बजेटले पेट्रोलियम पद्धार्थको निर्भरता घटाउने सन्दर्भमा आवश्यक लक्ष्य लिएको थापाले बताए । उनले भने, – ‘नीजि क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिन मानेर नीजि क्षेत्रका विभिन्न संघ, संस्थाले दिएको मागहरुको यो पटक यथोचित सम्बोधन भएको छ । चाहे त्यो जग्गाको हदबन्दी सम्बन्धी विषय होला । चाहे लिजमा दिने कुरा होला । चाहे कर्जा प्रवाहको कुरा होला । चाहे वैदेशिक लगानीको कुराहरु होला । नीजि क्षेत्रका संस्थागत मागहरुको सम्बोधन भएको छ । अर्थतन्त्रलाई थप चलायमान बनाउने कुराको अपेक्षा गर्न सकिन्छ । पेट्रोलियम पद्धार्थको निर्भरता घटाउने कुराको सन्दर्भमा जुन लक्ष्य लिनुपर्ने थियो, यसले त्यसलाई पनि पक्रेको छ । त्यसैले यो सिद्धान्तको हिसाबले पनि ठिक छ । प्राथमिकताको हिसाबले पनि ठिक छ । यो समयले जे माग गरेको छ, त्यसलाई अर्थमन्त्रीजीले बुझेर ल्याउनु भएको छ म यसको स्वागत गर्छु ।’

थापाले समयको मागलाई सम्बोधन गरेको भन्दै बजेटको बचाउ गरे ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १ : २९ बजे

नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन कार्यदल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले संविधान संशोधनका विषयमा अध्ययन तथा

दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग

काभ्रेपलाञ्चोक । शनिबारको वर्षापछि रोशी खोलाको बाढीका कारण अवरुद्ध बीपी

सरकारका प्रवक्ता भन्छन् – टीयू क्रिकेट मैदान भत्किने हल्ला निराधार

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित हुँदैन : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित